ग्यास अभावबारे उच्चस्तरीय छलफल : आयात बढाउने र वितरण प्रणाली प्रभावकारी बनाइने

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण १९, मंगलवार १८:०७

काठमाडौं । बजारमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यास अभावको समस्या समाधान गर्न मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्चस्तरीय छलफल सम्पन्न भएको छ।


छलफलमा विभिन्न मन्त्रालयका सचिवहरू, नेपाल आयल निगमका पदाधिकारी तथा ग्यास उद्योगीहरूको सहभागिता रहेको थियो। बैठकमा ग्यास आपूर्तिमा देखिएको समस्या, त्यसका कारण तथा तत्काल अपनाउनुपर्ने समाधानका उपायबारे विस्तृत छलफल भएको थियो।


छलफलका क्रममा ग्यास उद्योगीहरूले बजारमा ग्यासको वास्तविक अभाव नभएको दाबी गर्दै आधा भरिएका सिलिन्डर पुनः भर्ने कार्य सुरु भएपछि उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास भण्डारण गर्न थालेकाले बजारमा माग एक्कासि बढेको जानकारी दिएका थिए।


बैठकले आगामी चाडपर्वलाई लक्षित गर्दै ग्यास आपूर्ति सहज बनाउन आयात बढाउने, वितरण प्रणालीलाई थप प्रभावकारी बनाउने तथा सम्बन्धित निकायबीच समन्वयलाई सुदृढ गर्ने निर्णय गरेको छ।


मुख्य सचिव कार्कीले ग्यास आपूर्तिलाई नियमित र सहज बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै समस्या समाधानका लागि सरोकारवाला निकायसँग आगामी दिनमा पनि निरन्तर छलफल र समन्वयलाई अघि बढाइने बताउनुभएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *