आज राति भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण २०, बुधबार ०७:३३



काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा वर्षा हुने तथा विशेषगरी रातिको समयमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।


विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, साथै लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रका एक–दुई स्थानमा राति भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान छ। दिउँसो पनि केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।


आज दिनभर देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भूभागका धेरै स्थान तथा तराईका केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। हिमाली क्षेत्रका केही स्थानमा भने वर्षासँगै हिमपातसमेत हुन सक्ने विभागको अनुमान छ।


रातिको समयमा कोशी, बागमती, गण्डकी, लुम्बिनी तथा मधेस प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको जनाउँदै विभागले नदी–नाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र तथा डुबान हुन सक्ने स्थानका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *