मकवानपुरमा तरकारी बोकेको ट्रक खोलामा खस्यो, एकको मृत्यु, चालक घाइते

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण २०, बुधबार ११:१३



हेटौंडा । मकवानपुरको भिमफेँदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।

बुधबार बिहान करिब २ः३० बजे वीरगञ्जबाट तरकारी लिएर गन्तव्यतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००२ ख ५०९५ नम्बरको ट्रक सडकबाट चिप्लिएर करिब एक सय मिटर तल चण्डी खोलामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार बाक्लो हुस्सु र ओरालो सडकका कारण ट्रक अनियन्त्रित भई दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।


दुर्घटनामा ट्रक चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–९ निवासी २३ वर्षीय रञ्जित कार्कीको दाहिने खुट्टा भाँचिएको छ। साथै उनको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।


ट्रकमा सवार चालकका काका ३६ वर्षीय अर्जुन कार्की गम्भीर घाइते भएका थिए। दुवैलाई तत्काल उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो। उपचारकै क्रममा बिहान ९ः१५ बजे चिकित्सकले अर्जुन कार्कीलाई मृत घोषणा गरेका हुन्प्र हरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *