|
२०८३ श्रावण २१, बिहीबार १०:४७
नुवाकोट । नुवाकोट प्रहरीले अदालत र जिल्ला प्रशासन कार्यालयबाट विभिन्न समयमा फैसला भई फरार रहेका ८ जना प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार फैसला कार्यान्वयन अभियानअन्तर्गत खटिएको प्रहरी टोलीले बिहीबार उनीहरूलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि सम्मानित नुवाकोट जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयमा बुझाएको हो।
पक्राउ परेकामध्ये राष्ट्रिय वनको काठ कटान तथा बिक्री–वितरणसम्बन्धी मुद्दाका तीन जना, वन्यजन्तु मारेको सम्बन्धी मुद्दाका एक जना, चेक अनादरका एक जना, झुट्टा विवरण पेश गरी नागरिकता बनाएको मुद्दाका एक जना तथा अभद्र व्यवहारका दुई जना रहेका छन्।
प्रहरीले अदालतबाट फैसला भई फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियानलाई निरन्तरता दिइने जनाएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्