कांग्रेस संस्थापन इतरकाे राष्ट्रिय भेला : प्रतिवेदन लेख्न पाँच शीर्ष नेतालाई जिम्मेवारी

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण २१, बिहीबार १७:२८

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले साउन २९ देखि ३१ गतेसम्म आयोजना हुने राष्ट्रिय भेलाको तयारीलाई तीव्र बनाउँदै विभिन्न विषयका प्रतिवेदन तयार पार्न शीर्ष नेताहरूलाई जिम्मेवारी दिएको छ।


भेलामा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन तयार पार्न नेता विमलेन्द्र निधि संयोजक तोकिएका छन्। त्यसैगरी सांगठनिक प्रतिवेदन लेख्ने जिम्मेवारी उमाकान्त चौधरी, समसामयिक विषयसम्बन्धी प्रतिवेदन तयार पार्ने जिम्मेवारी एनपी साउद, आर्थिक नीति प्रतिवेदन तयार पार्ने जिम्मेवारी डा. प्रकाशशरण महत तथा कानुन तथा विधानसम्बन्धी प्रतिवेदन लेख्ने जिम्मेवारी रमेश लेखकलाई दिइएको छ।


राष्ट्रिय भेलाका लागि गठित प्रचार–प्रसार समितिका संयोजक मीन विश्वकर्माका अनुसार प्रत्येक प्रतिवेदनका लागि ७ देखि ११ सदस्यीय कार्यदल गठन गरिएको छ।


उनका अनुसार जिम्मेवारी पाएका नेताहरूले प्रतिवेदन तयारीको काम तीव्र रूपमा अघि बढाइसकेका छन्। राष्ट्रिय भेलामा प्रस्तुत हुने यी प्रतिवेदनले कांग्रेसको भावी राजनीतिक दिशा, संगठन सुदृढीकरण तथा नीति निर्माणका विषयमा महत्वपूर्ण आधार तयार गर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *