
काठमाडौं । नेपाली कांग्रेसले अन्तराष्ट्यि युवा दिवसका अवसरमाGig economy / climate action पोलिसी ह्याकथानका लागि २२७ टोलीको नितिपत्र सहित आवेदन दिएका छन् । साउन २७ गते युवा दिवसको दिन फाराम खुल्ला भएको थियो भने आज भाद्र ३ गते १ बजेसम्म आवेदन दिने समय तोकिएको थियो । केन्द्रीय कार्यालयका अनुसार सहभागी मध्ये निर्णायक मण्डलले उत्कृष्ट १० टोलि छनोट गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा भदौ ९ गते ग्रान्ड फाइनलझ मा प्रतिस्पर्धा गराइने जनाइएको छ । प्रतिस्पर्धामा विजयी ३ टोलीलाई क्रमशः ३ लाख, १।५ लाख र ५० हजार नगद प्रदान गरिने छ भने उत्कृष्ट छनौट भएका नितिपत्रहरुलाई नेपाली कांग्रेसले ग्रहण गर्ने जनाइएको छ । नेपाली कांग्रेसले ,समुन्नत नेपाल र सम्मानित नेपाली,को लक्ष्य हासिल गर्न युवाहरुलाई नीति निर्माण र छलफलमा सक्रिय रुपमा संलग्न गर्न अपरिहार्य भएको भन्दै युवा नीति र निर्माण प्रक्रियाको खाडल हटाउनका लागि पोलिसी ह्याकाथान आयोजना गरिएको पनि जनाएको छ .
कांग्रेसले पोलिसी ह्याकथान युवाहरुको उर्जा रचनामक्ता र अन्तरदृष्टि ग्रहण गर्ने संयन्त्र हो । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्ति अनुसार यस अभियान अन्र्तरगत युवाहरुले Gig economy / climate action सम्बन्धि नीतिगत मुद्दाहरुलाई पहिचान र सम्बोधन गर्न नविन समाधानहरुको खोजी गर्नेछन् । जसमा आफूले उठान गरेका विषयको अवस्था र सम्बोधन गर्न नविन समाधानको खोजी गर्नेछन् । विचार र मन्थन गर्नेछन् । जसमा आफूले उठान गरेको विषयको अवस्था विश्लेषण , नीतिगत समस्या र चुनौती, समाधानका उपाय समावेश हुनेछ ।
नीति विज्ञ प्राज्ञ अनुसन्धानकर्ता प्राविधिक डिजाइनर र स्वदेश तथा विदेशमा बस्ने नेपाली विद्यार्थी लगायत विभिन्न पृष्ठभूमिका ४० वर्ष उमेर सम्मका ३ देखि ५ नेपाली नागरिकहरुले यस ह्याकथनको टोलीमा भाग लिन सक्नेछन् भनिएको छ । उक्त पोलिसीमा दुई विषय Gig economy / climate action उठान गरिएको छ । प्रतियोगिता दुई विषयमध्ये कुनै एक विषयमा अवधारणाापत्र पेश गर्नुपर्नेछ । नीतिपत्र ३ हजारदेखि ५ हजार शब्दहरुको हुनेपुर्नेछ । यसमा परेका आवेदनमध्ये १० वटा अवधारणापत्र सटलिष्टका आधारमा छनोट गरिने छ ।साथै प्रत्येक टोलीलाई सल्लाहकार विज्ञ समूह नियुक्त गरिने छ । यसमा छानिएकाहरुले लिखित रुपमा प्रस्तुती दिनुपर्नेछ । निर्णयक मण्डलले निर्णयहरुको आधारमा विजेता घोषणा गरिनेछ । ।