नुवाकोटमा दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतनामूलक बोर्ड जडान

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण २४, आईतवार १८:२५

विदुर । नुवाकोटमा सवारी दुर्घटना न्यूनीकरण तथा सडक प्रयोगकर्तामा ट्राफिक नियमसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न स्थानमा ट्राफिक सचेतनामूलक बोर्ड जडान गरिएको छ।


नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय त्रिशुलीको सहयोगमा विदुर नगरपालिकाका वडा नम्बर ८, ९ र १० अन्तर्गत बगुवा, कोलनी र सिमुटार क्षेत्रमा सचेतनामूलक बोर्ड जडान गरिएको हो।


सवारीसाधन तथा सडक प्रयोगकर्ताको बढी आवतजावत हुने उपयुक्त स्थान छनोट गरी बोर्ड जडान गरिएको जनाइएको छ। बोर्डमार्फत सडक अनुशासन, ट्राफिक नियमको पालना तथा सुरक्षित सडक प्रयोगसम्बन्धी सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको छ।


ट्राफिक नियमको पालना, सडक अनुशासन कायम गर्न तथा सवारी दुर्घटना न्यूनीकरणमा यस्ता सचेतनामूलक बोर्डले महत्वपूर्ण भूमिका खेल्ने ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
कार्यालयले सडक प्रयोगकर्ता तथा सवारी चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्दै सुरक्षित, संयमित र जिम्मेवार ढंगले सडक प्रयोग गर्न आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *