
राष्ट्रपति कार्यलयमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ ग्रहण गर्दै प्रधानन्यायाधीश श्रेष्ठतस्बिर ः नुवाकोट पुकार डटकम
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको हो ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति राम सहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, मन्त्रीहरू, सुरक्षा निकायका प्रमुखहरू, सर्वोच्च अदालतका न्यायाधीश लगायतको उपस्थिति रहेको थियो । यसअघि संसदीइ सुनुवाई समितिले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सर्वसम्वत रुपमा अनुमोदन गरेको थियो । संसदीय सुनुवाई समितिले अनुमोदन गरेसँगै राष्ट्रपति पौडेलले हिजो नै उहालाई प्रधानन्यायाधीश नियुक्त गर्नुभएको थियो ।