काठमाडौं । व्यवस्थापिका संसदमा प्रतिनिधित्व गरेका सात राजनीति दलले व्यवस्थापिका संसदकाे गतिरोध अन्त्यका लागि दुई बुँदे सहमति गरेका छन् ।
उक्सत्तारुढ दलसहित प्रतिपक्षी दल एमालेका प्रमुख सचेतकहरुले दुुई बुँदे हस्ताक्षर गरेर सार्वजनिक गरेका छन् ।दलहरुले सिअावीले गरेकाे अनुसन्धानलाई प्रभाव नपर्ने गरेर जाँचबुझ अायाेग गठन गरि असाेज ५ गतेबाट अायाेगले काम गर्ने गरि सहमति गरेका छन् ।
सहमति अनुसार पटक-पटक हुने विभिन्न खाले तस्करी नियन्त्रणका लागि माैजुदा कानुनमापरिमार्जन र सुधार गरि पटक-पटक हुने सुन तस्करी नियन्त्रणका भरहेका अनुसन्धान तथा छानविनकाे समेत अध्ययन गरि सुझाव सहितकाे प्रतिवेदन पेश गर्नका लागि जाँच बुझ अायाेग एन २०२६ अनुसार अायनेग गठन गर्ने उल्लेख छ। यस्तै सिअावीले छानविन गर्दै त्यसलाई अभियाेजन गर्ने उल्लेख छ ।दलहरुले गरेकाे सहमतिलाई प्रमुख दलका शीर्ष नेताहरुले सहमति गर्ने जनाएकाे छ ।
सहमति पत्रमा संसदमा प्नतिनिधित्व गरेका राष्ट्रिय दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक,नेकपा एमालेका पदम गिरि,माअाेवादी केन्द्रका हितराज पाण्डे, , राष्ट्रिय स्वतन्त्र पार्टीका सन्ताेष परियार,राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही,जनता समाजवादीका प्रदिप यादव,जनमत पार्टीका अब्दुल खानले हस्ताक्षर गर्नु भएको छ।यसअघि हिजाे उक्त समितले प्रतिवेदन तयार गरेकाे थियाे ।सहमति अनुसार अाज नै संंसद खुल्ने तयारी रहेकाे छ।
