काठमाडौं । नेपाली कांग्रेसका नेता डा. राजाराम कार्कीको निधन भएको छ । लामाे समयदेखि क्यान्सरको उपचार गराईरहनु भएका कार्कीको अाज राजधानीकाे वीर अस्पतालमा उपचारको क्रममा निधन भएको नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीले जानकारी दिनुभयो । क्यान्सरको उपचार गरेर अमेरिकाबाट केही समय अघि मात्रै नेपाल अाउनु भएका कार्कीकाे क्यान्सर बढेपछि पुन उपचारका लागि अस्पताल भर्ना हुनु भएको थियाे
चिकित्सक पेशा सँगै राजनीतिमा हाेमिएका कार्की तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिककाे केन्द्रीय सदस्य समेत बन्नु भएको थियाे । यस्तै नेपाल तरुण दलकाे महासचिव ,नेपाली कांग्रेसकाे महासमिति सदस्य सहित प्रदेशसभा सदस्य समेत बन्नु भएको थियाे । उहाँ २०६४ सालकाे संविधानसभा निर्वाचनमा धादिङ ३ बाट निर्वाचन लड्नु भएको थियाे ।
उहाँ नेपालकाे पुरानो अस्पताल वीर अस्पतालकाे रजिस्ट्रार सम्म बन्नु भएको थियाे ।
विद्यार्थी जीवनबाट नै राजनीतिमा हाेमिनु भएका कार्कीले धादिङ जिल्लाकाे विकासका लागि महत्त्वपूर्ण याेगदान पुर्याउनु भएको थियाे ।उहाले अाफ्नाे क्लिनक मार्फत पनि धादिङका नागरिकलाई अत्यन्त सहुलियतमा उपचार गर्दै अाउनु भएको थियाे ।उहाकाे निधनले सिंगाे मुलुकले एक असर चिकित्सक गुमाएको छ।उहाकाे दुई छाेरा र दुई श्रीमती रहेका छन् । यसैबीच कार्कीलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी कार्यालयमा राखिने नेपाली कांग्रेस केन्द्रीय कार्यलयले जनाएको छ ।