
विदुर । मुलुकभरका सरकारही अस्पताल मध्ये उत्कृष्ट अस्पतालको रुपमा रहेको नुवाकोट जिल्लामा रहेको त्रिशुली अस्पतालको प्रसुती सेवा बन्द भएकोप्रति चौतर्फी आलोचनकाबीच बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले चिकित्सकको व्यवस्था गरेको छ । मन्त्रालयले काज सरुवा गर्दै चिकित्सकद्धय डा. प्रशान्त शर्मा र ज्योती मुडबरीलाई त्रिशुली अस्पतालमा पठाएको हो । हेटौडा अस्पतालमा कार्यरत चिकित्सकद्धयलाई हेटौडा अस्पतालको काममा असर नपर्नेगरि आलोपालो गरेर पठाउन भनिएको छ ।
नुवाकोट जिल्लामा सरकारी रुपमा एक मात्र प्रस्त्ती सेवा प्रवाह गर्दै आइरहेको त्रिशुली अस्पतालले केही समयका लागि उक्त सेवा बन्द भएको निर्णय सार्वजनिक गरेपछि सर्वसधारणदेखि सामाजिक सञ्जाल प्रयोगकर्ताले त्यसको विरोध गरेका थिए् । सर्वसधारणको आलोचना खेपिरहेको त्रिशली अस्पताल विकास समितिका अध्यक्ष राजु पण्डितले भने आफूहरुले नचाहाँदा नचाहँदै सेवा बन्द गर्नु परेको प्रस्टिकरण दिएका थिए ।
नुवाकोट पुकार डटकमसँग कुराकानी गर्दै अध्यक्ष पण्डितले मन्त्रालयसँग असार १३ गते विज्ञापनका लागि स्वीकृत लिएर असार १५ गते १५ दिनको म्याद राखेर विभिन्न चार तहमा चिकित्सकका लागि विज्ञापन गर्दा समेत उक्त सेवाका लागि भने कसैको पनि दरखास्त नपरेका कारण साउन ३० गतेबाट केही दिनको लागि सेवा बन्द गर्नुपर्ने अवस्था भएको बताए ।
अस्पतालका कार्यरत ग्यानोलोजिष्ट एक जनाको पनि छात्रवृत्तिको समय सकिएर गएकाले अस्पतालले सेवा दिन असमर्थ भएको थियो । गत साता त्रिशुली अस्पतालले स्त्री तथा प्रसुति सेवा बन्द गरिएको जानकारी सार्वजनिक गरेको थियो । नुवाकोट जिल्लामा त्रिशुली अस्पतालमा सबैभन्दा धेरै बिरामी आउने र अत्यावश्यक पर्ने सेवा नै प्रसुति सेवा भएपनि यसलाई सुचारु नहुँदा आम सर्वसाधारण भने मर्काका परेका थि