
काठमाडौं । नेकपा एमालेका उपमाहासचिव विष्णु रिमालले उच्चस्तरीय छानविन समित गठनलाई ठट्टा नगर्न चेतावनी दिनुभएको छ ।अाज बिहान अाफ्नाे फेसबुक पेज मार्फत रिमालले संसदमा प्रतिनिधित्व गरेका सात दलबीच भएको सहमति अनुसार गठन भएको अायाेगलाई ठट्टा र हल्ला साेचे त्याे महंगो पर्ने चेतावनी दिनुभएको छ।
नेेेता रिमालले छानबिन अायाेग गठनको मसि सुक्न नपाउँदै सत्ता पक्षका सांसदले समिति प्रतिपक्षीलाई विश्वासमा लिने रंंगिन टालाे भनेर टिप्पणी गर्नुले सत्ता पक्षकाे नियतमा शंका रहेकाे पुष्टि हुने समेत बताउनु भएको छ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हिजाे संसद भवन बाहिर पत्रकारहरुसँग कुराकानी गर्दै उच्चस्तरीय छानविन समिति प्रतिपक्षी दललाई विश्वासमा लिने रंगिन टालाे भएको टिप्पणी गर्नुभएको थियाे ।उक्त टिप्पणीप्रति रिमालले अाफ्नाे भनाई सार्वजनिक गर्नु भएको हाे । रिमालले फेसबुकमा यस्तो लेख्नु भएकाे छ ।
मित्रहरु, संवेदनशील बिषयमा “ठट्टा” नगरौं कि!
एयरपोर्टमा कार्यरत सबै निकायले नसमातेको क्विन्टल सुन राजश्व अनुसन्धान विभागले समायो।
विजुली चुरोटको नाममा ल्याएको सुन पहिले छक्याउनु र लिलाम गरी ‘माल’ किन्न प्रधानमन्त्रीको पार्टीका उपाध्यक्षको सहजिकरणमा परिवारका मानिस नै तम्सिएको समाचार बाहिरियो। “चुरोट त सुन पो रहेछ भन्ने सुचना लिक हुँदा नहुँदै समातिएको मध्ये केही सुन गायब पारियो… !
यी सबै गडबडीको साँच्चिकै छानबिन गर्न आयोगको प्रस्ताव गर्दा सत्ताधारी कै साँसद उफारी संसद अबरोध हुनु संयोग मात्र थिएन ।
अन्तत: छानबिन आयोग बन्ने सहमति भएको मसी सुक्न नपाउँदै गठबन्धनकै “प्रभावशाली” भनिने नेताले “सहमति विपक्षलाई छक्याउने रंगिन टालो” भन्दै बिल्ला हान्नुले प्रष्ट हुन्छ– साथीहरुको नियतमा कहिँ न कहिँ खोट छ।
अहिले यत्ति चाँहि भनौं- मित्रहरु, यस्तो संवेदनशील बिषयमा “ठट्टा” नगरौं, महँगो पर्छ है?