विदुर । नेपाल सरकार मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समितिलेद्वारा सञ्चालित (एमसिए) ४०० के.भि. विद्युुत प्रसारण अायाेजना अन्तर्रगत रातमाटे सव स्टेसनदेखि नयाँ दमाैली खण्ड अन्तर्गत पर्ने धादिङ जिल्लामा पर्ने क्षेत्रहरुकाे जग्गा अधिग्रहणका लागि सार्वजनिक सूचना जारी गरिएको छ । अाज जिल्ला प्रशासन कार्यालय धादिङले गाेरखापत्रमा प्रकाशित सूचना अनुसार धादिङकाे निलकण्ठ नगरपालिका ,गल्छी गाउँ पालिका,थाक्रे,सिद्धलेक,गजूरी,वेनिघाट,राेराङ,गाउँपालिमा पर्ने जग्गामा रहेका घर गाेठ,टहरा,कटेरा तथा रुख बिरुवा समेत स्थायी रुपमा अधिग्रहण गर्ने जग्गा प्राप्ति ऐन २०३४ काे दफा ९ काे उपदफा १ काे प्रयाेजन र जग्गाकाे स्वामित्वमा फरक पर्न गएको भएमा साे समेतको दावीका लागि सूचना प्रकाशित गरिएको उल्लेख छ ।
साथै सूचना प्रकाशित भएको मितिले २१ दिनिभत्र प्राप्त गरिने जग्गामा कुनै घर टहरा वा रुखविरुवा बालीनाली लगायत अन्य संरचना भए साे समेतको मुअाब्जा तथा क्षतिपूर्ति दावी गर्नअा- अाफ्नाे हक दैैया वा भाेगचलनसम्बन्धि निस्सा प्रमाणसहित रित पूर्वककाे निवेदन दिनु हुन समेत सूचना मार्फत जनाईएकाे छ । साथै जग्गा प्राप्त गर्नु नपर्ने कुनै मानसिव कारण भए त्यसकाे कारण खाेली ऐ .ऐनकाे दफा ११ बमोजिम सात दिन भित्र बाटाेकाे म्याद बाहेक सात दिन भित्र यस कार्यालय मार्फत गृह मन्त्रालयमा उजुरी दिन सकिने पनि सूचनामा उल्लेख गरिएकाे छ।
सूचना प्रकाशित मिति देेखिनै अधिग्रहण गरिने जग्गा राेक्का रहने हुँदा उक्त क्षेत्रमा कुनै पनि संरचना थप्ने कार्य नगर्न नगराउन हुन जानकारी गराइन्छ सूचनामा भनिएको छ ।नेपाल सरकार अमेरिकी सहायता कार्यक्रम एमसीसीबीच गत वर्ष कार्य अघि बढाउने विषयमा व्यवस्थापिका संसदबाट अनुमाेदन भएको थियाे ।सम्झौता अनुसार उक्त परियाेजनाबाट ४०० के भि विद्युुत प्रसारण लाईन विस्तार हुनेछ । यसका लागि नुवाकोटको रातमाटेमा सव स्टेसनमा निर्माणका लागि जग्गा अधिग्रहण गरेर मुुअाब्जा समेत प्रदान गरिसकिएको छ ।
उक्त परियाेजना अनुसार अमेरिकी सरकारले ५५ अर्ब अनुदान सहयोग गर्ने र नेपाल सरकारले २० प्रतिशत खर्च गर्नुपर्ने सम्झौता भएको थियाे ।साे सम्झौता अनुसार ४ वर्षमा काम सक्ने लक्ष्य समेत रहेकाे छ ।उक्त परियाेजनाका विषयमा लामाे विवादपछि नेेपाल सरकारले १० बँँदे नयाँ पत्र सहित पारित गरेकाे थियाे ।उक्त बुँदा अनुसार नेपालकाे संविधानसँग मेल नखाने वा संविधान विरुद्धको काम गर्ने अवस्था अाए परियाेजना रद्द गर्ने उल्लेख छ ।