काठमाडौं । नेपाली कांग्रेसले पार्टीका महासमिति सदस्य डा. राजाराम कार्कीकाे निधनप्रति दुुई दिन पार्टी कार्यलयमा झण्डा झुकाउने निर्णय गरेकाे छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज भाद्र ७ गते बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकद्वारा पूर्व केन्द्रीय सदस्य, बागमती प्रदेश सभाकापूर्व सदस्य, नेपाली कांग्रेस धादिङका पूर्व सचिव, नेपाल तरुण दलका पूर्व महासचिव, महासमिति सदस्य डा. राजाराम कार्कीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै पारित शोक प्रस्ताव र निर्णय गरेेकाे छ ।बैठक पछि मुख्य सचिव कृष्णप्रसाद पाैडेलले जारी गर्नु भएकाे विज्ञप्ति अनुसार अन्य विभिन्न निर्णयहरु पनि गरिएको छ ।
बैठककाे निर्णयमा भनिएकाे छ, नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य, बागमती प्रदेश सभाका पूर्व सदस्य, नेपाली कांग्रेस धादिङका पूर्व सचिव, नेपाल तरुण दलका पूर्व महासचिव, महासमिति सदस्य डा. राजाराम कार्कीको भाद्र ६ गते भएको निधनबाट नेपाली कांग्रेस पार्टी स्तब्ध र मर्माहत भएको छ । वि.सं. २०१४ वैशाख २९ गते जन्मनु भएका स्वर्गीय कार्कीले नेपाली कांग्रेसको संगठन तथा नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पु¥याउनु भएको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रही रहनेछ । उहाँको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक स्वर्गीय कार्कीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ १ मिनेट मौन धारण गर्दछ ।
दुःखको यस घडीमा शोक सन्तप्त परिवार तथा आफन्तजनहरुमा धैर्य धारण गर्न सक्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्दै गहिरो समवेदना प्रकट गर्दछ । यस्तै बैठकले स्वर्गीय कार्कीेप्रति सम्मान प्रकट गर्दै शोक कार्यक्रम देहाय बमोजिम निर्धारण गरेकाे जनाएको छ ।२०८० भाद्र ७ र ८ गते दुई दिनसम्म केन्द्र, सबै प्रदेश र सबै जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने, २०८० भाद्र ८ गते शुक्रबारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरु बन्द गर्ने, स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने ,स्वर्गारोहणको १३ औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने जनाईएकाे छ । यश अघि अाज सभापति देउवाले पार्टीकाे झण्डा अाेढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नु भएको थियाे ।
बिहान ११ बजेबाट १ बजेसम्म पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियाे ।कार्कीलाई अन्तिम श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका नेता कार्कतर्ता पार्टी कार्यलय पुगेका थिए । कार्की शवलाई अाजै पशुपति अार्यघाटमा अन्तिम संस्कार गरिए छ ।
तस्बिर ,नुवाकोट पुकार डटकम