
फाइल तस्बिर
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धरानमा भएको घटनाप्रति आफ्नो पार्टीको ध्यानाकर्षण भएको भन्दै धरानमा भएको द्वन्द्वले हाम्रो धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पु¥याउन सक्ने विषयप्रति नेपाली कांग्रेस गम्भीर चिन्ता प्रकट गर्दै सामाजिक, धार्मिक, राजनैतिक समग्र सद्भावका लागि सार्वजनिक अपिल गर्नुभएको छ । सभापति देउवाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै परापूर्व कालदेखि विभिन्न जात–जाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावले मिलेर बसेका मात्रै नभई राष्ट्र निर्माण र विकासका लागि हातेमालो गर्दै आएका समेत स्मरण गराउनु भएको छ ।
सभापति देउवाले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ,नेपालको कानूनले हरेक ब्यक्ति र सम्प्रदायलाई अरूको धर्म, संस्कृति र आस्थामा चोट नपु¥याई आ–आफ्नो धर्म, संस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको कुरा पनि भुल्न हुदैन । साथै कसैको धर्म, संस्कृति र परम्परा प्रति कसैले दख्खल पु¥याउन पनि उचित हुँदैन । नेपालीको भावना र चाहना विपरित धार्मिक–सामाजिक सद्भाव भड्काउने गतिविधि हामी कसैको पनि हितमा छैन, हुन सक्दैन । यसबाट उत्पन्न हुने धार्मिक, सामाजिक तथा राजनीतिक अस्थिरता र अराजकताको धमिलो पानीमा खेल्न खोजेका दृश्य अदृश्य शक्तिहरूलाई सहयोग पुग्ने कुरामा दुई मत छैन । यसले निम्त्याउन सक्ने परिस्थिति बेलैमा अनुमान गरि हरेक व्यक्ति, समुदाय र सम्प्रदाय सचेत र संयम हुनु आजको आवश्यकता हो देउवाले विज्ञप्तिमा भन्नुभएको छ ।
यस विषयको संवेदनशीलतालाई मध्येनजर गर्दै राजनैतिक दल, स्थानीय जनप्रतिनिधि र धार्मिक संघ–संस्था एवं समाजका अग्रज ब्यक्तित्वहरू एक ठाउँमा उभिएर सबै जाति, धर्म एवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्ने महान कार्यमा जुट्न नेपाली कांग्रेस हार्दिक अपिल गर्दछ विज्ञप्तिमा भनिएको छ । केही दिनअघि धरानमा गोरुको मासु खाएको र चर्चा निमार्ण भएको विषयमा जाति तथा साम्प्रदायिक हिंसा भैलने अवस्था सिर्जना भएपछि प्रशासनले जिहोबाट निषेधाज्ञा जारी गरेको छ । तर आज सामाजिक सद्भाव कायम गर्ने भन्दै सबै धर्म जाति समुदायको उपथिस्तिमा विशाल र्यालीको आयोजना गरिएको छ ।