
विजयी भएका टोलीलाई पुरस्कार वितरण गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा साथमा पार्टी महामन्त्री विश्वप्रकाश शर्मासहित नेपाली कांग्रेसका नेताहरु , तस्बिर ः नुवाकोट पुकार डटकम
काठमाडौं । नेपाली कांग्रेसले आयोजना गरेको पोलिसी ह्याकथन कार्यक्रम आज सम्पन्न भएको छ । अन्तराष्ट्यि युवा दिवसका अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा छनोट भएका १० वटा टिमले सहभागिता जनाएका थिए ।
सहभागि भएका टिमहरुमध्ये CLASSIFICATION,SOCIAL PROTECTION AND RUGULATION L विषयको तीन लाख जित्न सफल भएको छ । यस्तै SUSTAINABLE SOCIAL SECURITY PROTECTION FOR GIG WOKERS विषयको टिमले एक लाख पचास हजार र HARNESSING apuifers reachrging ground waters in cities of Nepal विषयको टिमले पचास हजार पुरस्कार राशी प्राप्त गरेका छन् ।
कार्यमको प्रारम्भमा महामन्त्री विश्वप्रकाश शर्मा कार्यक्रम संयोजक तथा सहमाहामन्त्री जीवन परियारले सम्बोधन गर्नुभएको थियो भने युवा संयोजक सचिन तिमिल्सिनाले कार्यक्रमका बारेमा प्रष्ट पार्नुभएको थियो । कार्यक्रमा विजयी भएकाहरुलाई सभापति शेरबहादुर देउवाले पुरस्कार प्रदान गर्नुभएको थियो । साउन २७ गते युवा दिवसको दिन फाराम खुल्ला भएकोमा आइतबार अर्थात भाद्र ३ गते १ बजेसम्म आवेदन दिने समय तोकिएको थियो ।
उक्त समयमा आएका निवेदन मध्येबाट निर्णायक मण्डलले उत्कृष्ट १० टोलि छनोट गरिएको थियो । कांग्रेस अभियान अन्र्तरगत युवाहरुले Gig economy , climate action सम्बन्धि नीतिगत मुद्दाहरुलाई पहिचान र सम्बोधन गर्न नविन समाधानहरुको खोजी गर्नेछन् । जसमा आफूले उठान गरेका विषयको अवस्था र सम्बोधन गर्न नविन समाधानको खोजी गरेका थिए । जसमा आफूले उठान गरेको विषयको अवस्था विश्लेषण , नीतिगत समस्या र चुनौती, समाधानका उपाय समावेश हुनेछ ।नीति विज्ञ प्राज्ञ अनुसन्धानकर्ता प्राविधिक डिजाइनर र स्वदेश तथा विदेशमा बस्ने नेपाली विद्यार्थी लगायत विभिन्न पृष्ठभूमिका ४० वर्ष उमेर सम्मका ३ देखि ५ नेपाली नागरिकहरुले यस ह्याकथनको टोलीमा भाग लिएका थिए ।
उक्त पोलिसीमा दुई विषयGig economy ,climate action उठान गरिएको छ । प्रतियोगिता दुई विषयमध्ये कुनै एक विषयमा अवधारणाापत्र पेश गर्नुपर्नेछ । नीतिपत्र ३ हजारदेखि ५ हजार शब्दहरुको हुनेपुर्नेछ । यसमा परेका आवेदनमध्ये १० वटा अवधारणापत्र सटलिष्टका आधारमा छनोट गरिने छ ।साथै प्रत्येक टोलीलाई सल्लाहकार विज्ञ समूह नियुक्त गरिने छ । यसमा छानिएकाहरुले लिखित रुपमा प्रस्तुती दिएका थिए । निर्णयक मण्डलले निर्णयहरुको आधारमा विजेता घोषणा गरेका थिए ।