नुवाकोट , सुर्यज्याेति लाईफ इन्श्याेरेन्स कम्पनी नुवाकाेट शाखाले गत आर्थिक बर्षकाे व्यवसायिक प्रगति समिक्षाका साथ उत्कृष्ट कार्यगर्ने अभिकर्ता तथा एजेन्सि मेनेजरहरुलाई सम्मान तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेकाे छ ।
हाेटल तामाङ प्लाजाकाे सभाहलमा सञ्चालित उक्त कार्यक्रममा उत्कृटताका आधारमा व्यक्तिगत काेड, आफ्नाे टिम व्यवसाय र सबै भन्दा धेरै विमा पाेलिसि विक्रि गर्ने अभिकर्ताहरुलाई खादा तथा शिल्डले सम्मान गरिएकाे छ।
कार्यक्रममा ५० भन्दा बढिकाे संख्यामा सफल अभिकर्ता तथा एजेन्सि मेनेजरहरुकाे सहभागीता रहेकाे थियाे भने कार्यक्रम प्रस्तुतिकरण शाखा प्रमुख शिबराम प्याकुरेलले गर्नुभएकाे थियाे भने उत्कृष्ट कार्यगर्ने अभिकर्तालाई खादा र शिल्ड बाट कम्पनिका क्षेत्रिय प्रवन्धक जयराम ढुंगानाले सम्मान गर्नुभएकाे थियाे,।
कार्यक्रममा बाेल्दै ढुंगानाले सुर्यज्याेति लाईफ इन्श्याेरेन्स नेपालमै सर्वाधिक ३५ प्रकारकाे घातक राेग बिरुद्ध सुरक्षा दिने १ एक मात्र कम्पनि , ISO सर्टिफिकट प्राप्त, उत्कृष्ठ बाेनस सुविधा भएकाे र ग्राहक सुविधामा उच्च प्राथमिकता रहेकाे कम्पनि हाे भनी आफ्नाे धारणा राख्नु भयाे । उक्त कार्यक्रममा विदुरनगरपालिका वडा नं९ का अध्यक्ष हरिराम भणडारिले बिमालाई राज्यले सामाजिक सुरक्षाकाे कार्यक्रम भित्र समेट्नु पर्ने धारणा राख्नु भयाे भने एजेन्सि म्यानेजर रमेशजंग पाण्डेले ,अभिकर्ता पेशा ईज्जतदार , कानुनि मान्यता प्राप्त र समाजसेवाकाे कार्यगर्दै अगाडि बढ्ने पेसाहाे भनी आफ्नाे धारणा राख्नुभयाे। कार्यक्रममा अतिथिहरुलाई शाखाका कार्यसञ्चालन प्रमुख सन्ध्या लामिछानेले स्वागत गर्नुभएकाे थियाे ।
तस्बिर ,सुर्यज्याेति लाईफ