
फाइल तस्बिर
काठमाडौं, संस्कृतिविद् प्रा. डा. रामचन्द्र गौतमले रक्षाबन्धन, गाईजात्रा, ऋषि तर्पणी, क्वाँटी खाने दिन, संस्कृत दिवस आजै परेको बताउनु भएको छ । ‘सूर्योदयमा तिथि भएन भने छुटेको भनिन्छ । आज बेलुकी सात–आठ बजेसम्म जनैपूर्णिमा, त्यसपछि प्रतिपदा हो । भोलि कुनै तिथि छैन,त्यसैले जनैपूर्णिमा, गाईजात्रा, ऋषि तर्पणी, क्वाँटी खाने दिन, संस्कृत दिवस आजै परेको हो । राजधानीबाट सञ्चालित एक एफएम रेडियोसँगको अन्र्तरवार्ताका क्रममा उहाले काठमाडौंका मेयर बालेन शाहले आजको गाईजात्राको बिदा भोलि दिनु राजनीति उनको राजनीति भएको बताउनुभयो । उहाले बालेनले के गरे, त्यो उनको कुरा हो । राजनीति पनि होला । हामी शास्त्रीय कुरा मात्र गर्छौं । शास्त्रले जे भन्छ त्यही निर्णय सुनाउँछौं, रक्षाबन्धन र गाईजात्रा दुवै कर्म आजै हो ।’
गौतमले जनै तागाधारीले मात्र लगाए पनि रक्षाबन्धन मानवमात्रका लागि भएको पनि दाबी गर्नुभयो । उहाले वैदिक मन्त्र र विधि विधान अनुसार जनै र रक्षासूत्रलाई शक्तिशाली बनाउने धर्मसास्त्रमा उल्लेख गरिएको बताउनुभयो । यसअघि जनैपूणिर्मा र गाईजात्रा फरम(फरक दिनमा मनाउने भन्दै विभिन्न स्थानीय तहहरुले निर्णय गर्न थालेको र यसले समाजमा भ्रम सिर्जना गरेको भन्दै पञ्चाड्.ग निर्णयक समितिले जनैपूणिर्मा र गाईजात्रा एकै दिन मनाउने विषयमा समाजमा ,हाम्रो धर्मशास्त्र संस्कृति र परम्परामा असर पर्ने गरि भ्रामक टीका टिप्पणी प्रचार प्रसार भएकोले जनमानसमा देखिएको अन्योलताका विषयमा प्रष्ट पारेको जनाएको हो
उक्त विषयमा समितिले धर्मशास्त्री र चाडपर्व विशेषज्ञहरुको उपस्थितिमा व्यापार छलफल गरि शास्त्रको मर्म र विद्वानहरुको राय मुताविक निर्णय भई भाद्र १४ बिहीबार पर्ने ऋषितर्पणी,रक्षाबन्धनर गाईजात्रा पर्व मनाउन हाम्रो धर्म संस्कृति र परम्परा अनुकुल रहेको उल्लेख गरिएको छ । समितिले जारी गरेको विज्ञप्ति अनुसार अधिल्लो दिन पूर्णििमासँगसँगै भद्रा रहेकाले १३ गते रात्रिमा ९ बजेर ३ मिनेटमा मात्र भद्रा सकिने हुँदा दिनमा रक्षाबन्धन गर्न मिल्दैन र रात्रिमा रक्षाबन्धन गर्ने परम्परा नभएका कारण भोलिपल्ट गर्नु पर्ने देखिन्छ ।
समितिले यस वर्षको जस्तै विगत १९९४,२०२४,२०३०,२०३१,२०५५,२०७०र २०७९ सालमा पनि परेको र उक्त वर्षहरुमा पनि १ घडीमात्र उदय पूर्णिमा भए पनि सोही दिन जनैपूणिर्मा मनाईएको स्मरण गराइएको छ ।विभिन्न संस्था वा स्थानीय निकायहरुले समेत १३ र १४ गते मनाउने समाचार बाहिरिए पछि समितिले विज्ञप्ति मार्फत स्पष्ट पारेको थियो। काठमाडौं महानगरपालिकाले भने गाईजात्राको कूरा उल्लेख नगरी रोपाईजात्रा लगायतका पर्व मनाउने भएकाले सार्वजनिक बिदा दिएको उल्लेख गरेको छ । मनागरका प्रसाशकीय अधिकृत बसन्त अधिकारीले सार्वजनिक सुचना जारी गरेर बिदाको जानकारी गराउनु भएको छ ।