
विदुर । जिल्ला प्रहरी कार्यालय नुवाकोटले सवारी दुर्घटनामा फरा रहेका अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटले जारी गरेको प्रेस नोट अनुसार पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नं ३१ बस्ने ३९ वर्षीय सुरेन्द्र तिमल्सिना रहेका छन् ।
उक्त घटनामा काठमाण्डौ महानगरपालिका वडा नं ३१ बस्ने ४६ वर्षीय अनन्त किशोर सुवेदी रहेका थिए । घटना विवरण अनुसार गत साउन २५ गते नुवाकोट जिल्ला बिदुरबाट फर्किने क्रममा सुरेन्द्र तिमल्सिनाले चलाएको प्र.३.२.००८ प ७९४७ नम्बरको मोटरसाइकल अन्दाजी १०.३० बजेको समयमा बेलकोटगढी नगरपालिका वडा नं ८ माझथोकस्थित गल्छी त्रिशुली सडकखण्डमा पुग्दा मोटरसाइकल अनियन्त्रित भई सडकबाट अन्दाजी ७ मिटर तल झर्न गई दुर्घटना हुदा मोटरसाइकल चालक प्रतिवादी सुरेन्द्र तिमल्सिना र पछाडी सवार अनन्त किशोर सुवेदी घाईते भई काठमाण्डौस्थित ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा उपचार भएकोमा भदौं २८ गते उपचारको क्रममा घाइते अनन्त कोशोर सुवेदीको मृत्यु भएको थियो ।
यस्तै उपचार पश्चात फरार रहेका चालक सुरेन्द्र तिमिल्सिना भने प्रहरीले भदौं १३ गते काठमाण्डौ महानगरपालिका वडा नं ०३ स्थितबाट प्रहरी टोलीले पक्राउ गरी कानुन बमोजिम गरी सवारी तथा यातायात व्यबस्था ऐन २०४९ अनुसार अनुसन्धानका लागि जिल्ला अदालत नुवाकोट बाट दिन सात दिनको म्याद लिई अनुसंधान अगाडी बढाइएको प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खड्काले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।