
समिति गठनपछि सामुहिक तस्बिर खिचाउँदै महासंघका अध्यक्षसहित समितिका सदस्यहरु
विदुर । नुवाकोट उधोग बाणिज्य संघ अन्तर्गत महिला उधमी बिकास समिती गठन गरिएको छ । नुवाकोट उद्योग बाणिज्य संघको सभाहलमा आज शुक्रबार आयोजित एक कार्यक्रममाबीच नुवाकोट उद्योग बाणिज्य संघको कार्यसमिति सदस्य सुजना खतिवडाको संयोजकत्वमा समिति गठन गरिएको महासंघका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले जानकारी दिनुभयो ।
उप्रेतीका अनुसार सदस्यहरुमा अञ्जली पाण्डे ,पूणिर्मा अर्याल, ज्ञानु थापा ,सरस्वती नेपाल ,बबि रिमाल, अनिता लामा, कमला कुवर, सुभद्रा अधिकारी, उर्मिला कसजु, सृजना नेपाली, भागिरथी पाण्डे , युनिशा तामाङ, सरस्वती आचार्य, सरस्वती बस्नेत, चयन हुनु भएको छ । कार्यक्रममा अध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष उप्रेतीसहित बाणिज्य संघका पदाधिकारी तथा सदस्यहको उपस्थिति रहेको थियो ।

महासंघको सभाहलमा आयोजित कार्यक्रम ः तस्बिर, सन्तोष उप्रेती
कार्यक्रममा अध्यक्ष श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष उप्रेतीले खादा र अबिरले सदस्यलाई प्रमाणपत्रसहित स्वागत गर्नुभएको थियो । जिल्लाको उद्योगीहरुको हक हितका साथै महिला उद्यमीहरुलाई पनि समेटे प्रयास स्वरुप महिला उद्यमी विकास समिति गठन गरिएको वरिष्ठ उपाध्यक्ष उप्रेतीले नुवाकोट पुकार अनलाईनलाई जानकारी दिनुभयो