काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७
(संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका देहायका सदस्यहरुलाई तपसील बमोजिमका केन्द्रीय विभागहरुको प्रमुखमा मनोनयन गर्नु भएको छ ।
सभापति देउवाले आज १५ वटा विभागमा संयाेजक ताेक्नु भएको मुख्य सचिव कृष्णप्रसाद पाैडेले जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।देउवाले यसअघि विभागमा नभएका नयाँ अनुहारलाइ प्राथमिकता दिनुभएकाे छल।कांग्रेसकाे साउन १० गते सम्पन्न केन्द्रीय समिति बैठकले भदौ भित्र पार्टीका विभाग सहित भातृ संस्थालाई पूर्णता दिने सहमति भएको थियाे । साथै विभागकाे संख्या पनि ४२ बाट ७० बनाउने सहमति भएको थियाे ।प्रमुख ताेकिएका अधिकांश सभापति देउवा निकट छन् । विभाग प्रमुखहरु निम्न अनुसार छन् ।
१ कृष्णचन्द्र नेपाली पोखरेल प्रदेश समन्वय विभाग
२ पुष्पा भुसाल महिला विभाग
३ चिनकाजी श्रेष्ठ उद्योग तथा व्यापार विभाग
४ किरण यादव तराई—मधेश समन्वय विभाग
५ योगेन्द्र चौधरी थारु विभाग
६ गेहेन्द्र गिरी जेष्ठ नागरिक समन्वय विभाग
७ आङ्गेलु शेर्पा पर्यटन विभाग
८ डा. रणबहादुर रावल गैर सरकारी संस्था समन्वय विभाग
९ दिलमान पाख्रिन आदिवासी जनजाति विभाग
१० प्रकाश रसाईली स्नेही वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभाग
११ रंगमती शाही पिछडिएको क्षेत्र विभाग
१२ गुरु बराल आपूर्ति तथा उपभोक्ता विभाग
१३ नानु बास्तोला जिल्ला सम्पर्क समिति समन्वय विभाग
१४ मदनकृष्ण श्रेष्ठ अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय विभाग
१५ सीता थपलिया (उर्मिला) उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभाग