आज पनि २८ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा बहाव बढ्ने पूर्वानुमान

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र ७, आईतवार ०९:१६



काठमाडौँ । वर्षासँगै देशका विभिन्न जिल्लामा आज (भदौ ७ गते) पनि आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार केही साना–ठूला नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना छ।


ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, धनकुटा, भोजपुर, खोटाङ, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, नुवाकोट, रसुवा, धादिङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, बाँके, बर्दिया र कैलाली तथा आसपासका जिल्लाबाट बहने स–साना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ।


महाशाखाले ती जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ। वर्षा जारी रहेकाले नदी तथा खोलानालाको आसपासका बस्ती र तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।


यस्तै, तामाकोसी, सुनकोसी, नारायणी, त्रिशूली, बूढीगण्डकी र मर्स्याङ्दी लगायतका ठूला नदीमा समेत पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ।


महाशाखाले नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले नदी किनार, तटीय क्षेत्र तथा कमजोर भूभागमा बसोबास गर्ने नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *