
काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादव माथि आज भएको सांघातिक हमलालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको जनाएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ,घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ ।
कांग्रेसले रिपोटर्स क्लवमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा भएको आक्रमण पछि उहाँको अहिले काठमाडौंको ट्रमा सेन्टरमा उपचार भैरहेको पनि जानकारी गराएको छ । उहाँमाथि आक्रमण गर्ने व्यक्ति र पछिल्तीर हुन सक्ने जो कोही व्यक्ति वा समूह उपर गहिरो अनुसन्धान गरेर कडा भन्दा कडा कार्वाही गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ विज्ञप्तिमा भनिएको छ । साथै, नेपाली कांग्रेस सह–महामन्त्री महेन्द्र यादवको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको छ .