
काठमाडौं । काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा उहाको निधन भएको बताइएको छ । डेंगु संक्रमणपछि ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको कांग्रेस नेता सुशील भट्टले बताए ।
रिजाल गत स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेस काठमाडौं ७ का क्षेत्रीय सभापति हुन् । नेपाली कांग्रेसको राजनीतिमा विद्यार्थी कालदेखि नै सक्रिय रहँदै आउनु भएका रिजाल नेपाली कांग्रेसका एक हक्की नेताका रुपमा परिचित हुनुहुनथ्यो । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिमध्ये स्पष्टसँग आफ्ना कुरा राख्न सक्ने रिजालको निधनले नेपाली कांग्रेसले एक असर योद्धा गुमाउन पुगेको छ । सिंगो रिजाल परिवार शोकमा परेको छ ।