
चौघडा । साहित्य सङ्गम नुवाकोटले लिुख गाउँपालिकाथित क्षेत्रपाल माविमा साहित्यिक अभियान सञ्चालन गरेको छ । “नव–सर्जकको खोजी, अग्रजलाई सम्मान ः गाउँगाउँमा साहित्य हाम्रो अभियान“ नाराका साथ बाह्र महिना बाह्र पालिका कार्यक्रम अन्तर्गत गाउँगाउँमा साहित्य अभियानको चौथो शृङ्खला भाद्र २० गते वुधबार लिखु गाउँपालिकाको क्षेत्रपाल मावि चौघडामा साहित्यिक कार्यक्रमको आयोजना गरेको हो ।
साहित्य सङ्गम नुवाकोटका अध्यक्ष साहित्यकार सुमित्रा सुमीको अध्यक्षता र लिखु गाउँपालिकाका उपाध्यक्ष सुभद्रा अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सुर्खेतका कवि डा. महेन्द्र कुमार मल्लको भाषाको बकपत्र कविता सङ्ग्रहमाथि समीक्षक तथा साहित्यकार ओम रिजालले समीक्षा गर्नुभएको थियो भने कवि मल्ललाई साहित्य सङ्गम नुवाकोटले सम्मान समेत गरेको थियो ।

कार्यक्रममा नुवाकोट, काठमाडौं , दोलखा, लमजुङ , सुर्खेत , दैलेख लगायतबाट साहित्यकारहरूको उपस्थिति थियो । अग्रज स्रष्टादेखि नवप्रतिभाहरूले कविता, गीत, गजल, हाइकु, मुक्तक लगायत गरि चार दर्जनभन्दा बढी रचना वाचन गरी साहित्यको अनुपम माहोल सिर्जना गर्नुभएको थियो ।
विगतका भन्दा फरक कार्यक्रमले नयाँ उत्साह पैदा गरेको सहभागीहरूको प्रतिक्रिया रहेको थियो । सुस्ताएको साहित्यक गतिविधिलाई पुनर्जीवित गर्न र नवसर्जकको खोजी गरी साहित्यको माध्यमबाट भाषा, संस्कृतिको जगेर्ना गर्दै राष्ट्रियताको संरक्षण गर्ने दिशामा थोरै भए पनि योगदान पुगोस् भन्ने अभीप्सा अभियानले राखेको साहित्य सङ्गम नुवाकोटका अध्यक्ष सुमित्रा सुमीले … लाई बताउनुभयो