
चिया रोपन कार्यक्रममा प्रमुख अतिथि पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराती,प्रतिनिधिसभा सदस्य हितबहादुर तामाड. कार्यक्रममा सहभागि हुने क्रममा ः तस्बिर, विशाल तामाड.,ककनी
ककनी । समृद्ध ककनीको आधार कृषि,पर्यटन,र दिगोपूर्वाधार भन्ने मुल नाराकासाथ अघि बढिरहेको ककनी गाउँपालिकाले आज एक वृहत कार्यक्रमको आयोजना गर्दै चियाका विरुवा रोपण गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किरातीको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रममा नुवाकोट क्षेत्र नं १ का सांसद तथा नेकपा माओवादी पोलिटब्यूरो सदस्य हितबहादुृर तामाड.को विशेष आतिथ्यतामा राजनीतिक दलका नेता कार्यकर्ता,नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत स्थानीयहरुको उपस्थितिमा वृहत रुपमा चियाका विरुवा रोपेर कार्यक्रम आयोजना गरिएको थियो ।

ककनी गाउँपालिकाको आयोजनामा आयोजित बृहत चिया रोपण कार्यक्रम ककनी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी लगायत स्थानिय बुद्धिजीववीहरुको उपस्थिति रहेको थियो । ककनी हाईटमा करिब ६ हजार चियाको बिरुवा रोपिएको ककनी गाउँपालिकाका सूचना अधिकृत विशाल तामाड.ले जानकारी दिनुभयो ।

अन्तराष्ट्यि पर्वतारोही स्मृति उद्यानका रुपमा रहेको ककनीको हाइटमा चियाको विरुवाहरु रोपिएको हो । कार्यक्रममा प्रमुख अतिथि मन्त्री किरातीले नेपालमा रहेका उर्वर जमिनहरुको सहि रुपमा सदुपयोग हुन सके नेपाल कृषि क्षेत्रमा आत्मनिर्भर बन्ने बताउनुभयो । उहाले पर्यटकीय हिसाबले पनि ककनी उति नै रमणीय स्थान भएको भन्दै यसलाई सहि रुपमा प्रचार प्रसार गरेर जान सकेको खण्डमा विकासले गति लिन सक्ने पनि बताउनुभयो ।

ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाड(सज्जन)को सभापतित्वमा भएका कार्यक्रममा नेकपा माओवादीका नेता तथा प्रतिनिधिसभा सदस्य हितबहादुर तामाडंले ककनी कृषिको उत्पादनका लागि अत्यन्तै महत्वपूर्ण क्षेत्र भएकाले यसलाई सहि रुपमा सद्पयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा अध्यक्ष तामाड.ले ककनीलाई समृद्ध बनाउने अभियानका रुपमा नै चिया रोपण कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । उहाले गाउँपालिकाले यसको संरक्षण गरेर उत्पादन हुने अवस्थासम्म पुर्याउने प्रतिवद्धता समेत जनाउनु भएको थियो ।

चिया रोप्दै प्रमुख अतिथि मन्त्री किराती