
निजामती दिवसका अवसरमा सम्मानित भएका कर्मचाीसहति जिल्ला हुलाक कार्यालय नुवाकोटका कर्मचारीहरु, तस्बिर ः जिल्ला हुलाक कार्यालय नुवाकोट
विदुर । २० औं निजामती सेवा दिवसको अवसरमा जिल्ला हुकाल कार्यालय नुवाकोटले आज पहिलो सेवाग्राहीलाई सम्मान गरेको गरेको छ । जिल्ला हुलाक कार्यालयमा सेवा लिन आएका विवेक थापालाई कार्यालयका नायब सुब्बा गोपाल अधिकारीले सम्मानित गर्नुभएको थियो । उहाले पहिलो सेवाग्राहीलाई खादासहित फलफूल प्रदान गरेर सम्मान गर्नुभएको थियो ।

जिल्ला हुलाक कार्यालयमा सेवा लिन आएका विवेक थापालाई विवेक थापालाई कार्यालयका नायब सुब्बा गोपाल अधिकारीले सम्मानित गर्दै
यस्तै कार्यालयमा उत्कृष्ट कार्य गरेको भन्दै उत्कृष्ट कर्मचारीको रुपमा नायव सुब्बा गोपाल अधिकारी र हल्कारा तोयानाथ आचार्यलाई कार्यालय प्रमुख नन्द किशोर यावदले सम्मान गर्नुभएको जिल्ला हुकाल कार्यालय नुवाकोटले जनाएको छ । कार्यालय प्रमुख यादवले स्मानपत्रसहित खादा र अबिरले सम्मान गर्नुभएको थियो ।यसअघि निजामति दिवसका अवसरमा हिजो जिल्ला प्रशासन कार्यालयले त्रिशुली अस्पतालका बिरामीहरुलाई फलफूल वितरण तथा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यालयमा उत्कृष्ट कार्य गरेको भन्दै उत्कृष्ट कर्मचारीको रुपमा नायव सुब्बा गोपाल अधिकारी सम्मान गर्दै कार्यालय प्रमुख नन्दकिशोर यादव