काठमाडौ नेपाली कांग्रेसको १५औँ महाधिवेशन गर्ने बाटो खुलेको छ। सर्वोच्च अदालतले कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवासहितले दायर गरेको रिटमा अन्तरकालीन आदेश जारी गर्न अस्वीकार गरेपछि महाधिवेशनको प्रक्रिया अघि बढाउन बाटो खुलेको हो।
सर्वोच्चका प्रवक्ता एवं सह–रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले अन्तरकालीन आदेश नआएसँगै कांग्रेसको नियमित काम–कारबाही अघि बढाउन कुनै रोकावट नरहेको जानकारी दिएका छन्।
बिहीबार न्यायाधीशहरू नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेलको इजलासले अन्तरकालीन आदेश दिन अस्वीकार गरेको हो।
प्रवक्ता कोइरालाका अनुसार रिट निवेदकहरूले कांग्रेसको नियमित काम–कारबाही रोक्न माग गरे पनि अदालतले त्यसअनुसार अन्तरकालीन आदेश नदिएपछि पार्टीले आफ्ना नियमित काम अघि बढाउन सक्ने अवस्था बनेको छ।
यस आदेशसँगै कांग्रेसको १५औँ महाधिवेशनसम्बन्धी प्रक्रिया अघि बढाउन कानुनी अवरोध तत्कालका लागि हटेको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्