काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रसुवा, नुवाकोट, धादिङ र सिन्धुपाल्चोकलगायत बाढीपहिरोबाट प्रभावित जिल्लाका जिल्ला अधिवेशन तत्कालका लागि स्थगित गर्न निर्देशन दिएको छ।
राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीले जिल्ला अध्यक्षहरूलाई पत्र पठाउँदै विपद्का कारण जनधनको ठूलो क्षति भएको अवस्थामा राहत, उद्धार तथा सहयोगमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्न आग्रह गरेको हो।
महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङद्वारा जारी पत्रमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवन, सिन्धुपाल्चोकलगायत जिल्लामा ठूलो क्षति पुर्याएको उल्लेख छ।
विपद्को यस घडीमा स्थानीय तहमा पार्टीका तर्फबाट सक्दो सहयोग गरी जनजीवन सामान्यीकरण गर्ने कार्यमा पार्टी पंक्तिलाई उत्प्रेरित गर्न पनि निर्देशन दिइएको छ।
त्यस्तै, विपद्बाट प्रियजन गुमाएका परिवारप्रति राप्रपाले हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्