|
२०८३ भाद्र १२, शुक्रबार १६:०९
गण्डकी प्रदेश सरकारले रसुवा लगायत बाढी प्रभावित क्षेत्रका उद्धार र राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ४ करोड रुपैयाँ दिने निर्णय गरेको छ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार जारी गरेको अपिलमा रसुवा र नुवाकोट पुगेका गण्डकीका नागरिकसहित केही व्यक्ति सम्पर्कविहीन रहेको जानकारी आएको बताएका छन्।
प्रदेश सरकारले सम्पर्कबिहीनको खोजी, उद्धार र भेटिएका शवको व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको पाण्डेले बताएका छन्।
रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपुरमा बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार र राहतमा सहयोग गर्न उनले सम्बन्धित निकाय तथा सर्वसाधारणलाई आग्रह गरेका छन्।
पाण्डेले विपद्को समयमा अपुष्ट सूचना र अफवाह नफैलाउन तथा आधिकारिक स्रोतबाट प्राप्त सूचनामात्र सार्वजनिक गर्न पनि आग्रह गरेका छन्।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्