
काठमाडौ, जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।
जिल्ला अदालत काठमाडौँमा न्यायाधीश भोलानाथ ढकालको इजलास सो आदेश दिएको हो । थुनामा रहेका १८ जनामध्ये एक जनालाई अदालतले साधारण तारेखमा रिहा गर्न आदेश गरेको छ भने बाँकी १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
गुरुङसँग अदालतले २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ ।
यस्तै, केशव तुलाधर,साधारण तारेखमा रिहा भएका छन भने शिवजी भट्ट–३ लाख ३० हजार, रुद्र कुमार श्रेष्ठ– ७ लाख ५० हजार, बालकृष्ण श्रेष्ठ –७ लाख ५० हजार, कलाधर देउजा –१५ लाख, घमन कुमार कार्की– ७ लाख ५० हजार, गोपाल कार्की –७ लाख ५० हजार , विनोद पौडेल– १५ लाख, योगराज पौडेल– ७ लाख ५० हजार, नारायणराज मिश्र –७ लाख ५० हजार, अरुण कुमार श्रेष्ठ –७ लाख ५०, ध्रुव प्रसाद अर्याल –३ लाख ३० हजार , बाबुराजा महर्जन– १ लख १० हजार, देवनारायण महर्जन – १ लाख १०, सकलानन्द महर्जन– १ लाख १० हजार , सञ्जय कुमार महर्जन– १ लाख १० हजार र लोकरि घिमिरे –७ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन ।