
फइल तस्बिर
विदुर । नेपाली कांग्रेस नुवाकोटले आज जित कार्यक्रम आयोजना गरेको छ । पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले हाम्रो देशमा अनेकौं धर्म संस्कृतिको आ आफ्नै विशेषता रहेको भन्दै यसले नै नेपाली समाजलाई एकतावद्ध बनाएको बताउनुभयो । उहाले कुनैपनि चाडपर्वहरुको त्यतिकै मनाउने नभई हरेक चाडपर्वहरुको आ आफ्नै महत्व रहेको उल्लेख गर्नुभयो ।
अर्थमन्त्री महतले यस्ता चाडपर्वले नेपाली समाजलाई सत्य निष्ठाको रुपमा अघि बढाउन सकेको विश्वास व्यक्त गर्नुभयो । नेपाली कांग्रेसका प्रवक्ता डा. महतले विदेशीहरु पनि अध्यात्मिकता र शान्तिका लागि नेपाल र भारतमा आउन थालेको स्मरण गराउदै उहाले नेपालले आफ्ना धर्म संस्कृत र चाडपर्वलाई निरन्तरता दिँदै जानुपर्नेमा जोड दिनुभयो । उहाले कतिपय चाडहरु विदेशी संस्ूकृति भित्र्याउने खालका रहेको भन्दै त्यस्ता चाडपर्वहरु भने छाडिनु पर्ने बताउनु भयो ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा
मन्त्री महतले नेपाली धर्म तथा पुराण वेद, भागवत, गिता एवं भग्वान बुद्धले दिन्ु भएका उपदेशहरुको महत्व अनन्त र गरिरो भएको भन्दै यसलाई अपनाउनुपर्नेमा जोड दिनुभयो । उहाले तीज पनि महिलाहरुका लागि महत्व रहेको बताउनुभयो । उहाले विगतमा महिलाहरुले तीजको एक दिन मात्रै आफ्नो मनमा लागेका कुरा गर्न पाउने भन्दै अहिले हरेक दिन दिनको अववसर आएको बताउँदै भन्नुभयो, आजभोलि हरेक दिन हामीले लागेका कुरा भन्न पाएका छौं, चाहेका कुरा गर्न सकिन्छ, घर बाहिर जान सक्छौं । अहिलेको युग महिला दिदीबहिनीहरुको युग हो । त्यसैले हरेक दिन तिजजस्तै छ । उहाले समावेशीताको अभियान नेपाली कांग्रेसले सुरु गरेको भन्दै कांग्रेसका कारण नै संविधानमा स्थापित भएको बताउनुभयो । नेता महतले राजनीतिक रुपमा अझै महिलाहरुको स्थान अझ बढ्दै जाने बताउनुभयो ।
उहाले विकास निर्माण, समाजिक विकासको अगुवाई महिलाहरुले गरिरहेको भन्दै यसलाई उच्च मनोवलकासाथ अघि बढाउन सुझाव दिनुभयो । उहाले पुरुषहरुको तुलनामा महिलाहरु बढि स्थीर रहने भन्दै महिलाहरुले राजनीतिक, सामाजिक, विकाससिल अभियानको नेतृत्व गर्न सक्षम हुँदै आएको समेत उल्लेख गर्नुभयो । मन्त्री महतले महिलाहरुले आफूमा आत्मविश्वास बढाएर आउने अवसरमा सहि रुपमा सदुपयोग गर्न पनि सुझाव दिनुभयो । उहाले पार्टीको हरेक तह तप्कामा महिलाहरुको सहभागिता बढाउन सुझाव दिनुभयो । महिलाका लागि थप अवसर सिर्जना गर्नका लागि कांग्रेसले काम गरिरहेको समेत उल्लेख गर्नुभयो उहाले नुवाकोट जिल्ला कृषि, व्यापार उद्योगमा अपार सम्भावना रहेको बताउँदै नुवाकोट कृषि क्षेत्रमा आत्मनिर्भर भएको भन्दैसरकारले अब कागज देखाएर अनुदान खाने प्रवृत्ति अन्त्य गरेर उत्पादन गरेर अनुदान दिने व्यवस्था गरिएको बताउनुभयो । उहाले चौघडामा पनि महिला उद्यमी पार्क बनाउन पहल गरिरहेको बताउनुभयो ।
मन्त्री महतले नुवाकोट आउने बाटाहरु अवरुद्ध भएकोमा वर्तमान सरकारले काम अघि बढाएको बताउँदै बालाजु रानीपौवा सडक निर्माणको काम अघि बढाइएको प्रष्टपार्नुभयोे । उहाले भन्नुभयो,सुर्यगढी जाने बाटो, सिमरा सिँचाईका लागि पनि काम गर्नका लागि सरकारले भनिरहेको छ । मन्त्री महतले कतिपयलाई १ नम्बमा मात्रै बजेट राखिएको आरोप लागिरहेको भन्दै उहाले २ नम्बर क्षेत्रमा पनि उत्तिकै बजेट पठाएको प्रष्ट पानुभयो । कार्यक्रममा मन्त्री महतले भन्नुभयो, विदुरको ढल व्यवस्थाका लागि मैले ६५ करोड बजेटको व्यवस्था गरिदिएको छु । साथीहरु यसको प्रचार गर्न किन कन्जुस्याई गर्नुहुन्छ ? उहाले नेपाली कांग्रेसले गरेको काम कुरालाई प्रचार गर्न कन्जुस्याई नगर्न आग्रह गर्दै आफूहरुले गरेको कामको जस पनि नेपाली कांग्रेसलाई नै जाने उल्लेख गर्नुभयो ।
उहाले सुरुड.मार्गका लागि आफूले एक अर्ब बजेट छुट्याएको बताउनुभयो । उहाले उक्त बजेट प्रण्याप्त नभएको र यसको लागत ५० अर्ब भन्दा बढि हुने भन्दै प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा सुरुड.मार्गका लागि चीन सरकारसँग सहयोगको प्रस्ताव राख्ने समेत प्रष्ट पार्नुभयो । उहाले सुरुड.मार्ग निर्माणका लागि केही समय लाग्ने र धेरै जटिलताको विषय रहेकाले धैर्य गर्न आग्रह गर्नुभयो । उहाले वातावरणीय प्रभावका विषयमा अनुसन्धान भैरहेको र त्यसको प्रतिवेदन आउनासाथ चीन सरकारले काम गर्नका लागि तयार रहेका आफूहरुलाई जानकारी गराएको बताउनुभयो ।

उहाले सुरुड.मार्ग निर्माण भएसँगै काम गर्नका लागि राजधानी बसिरहनु नपर्ने समेत उल्लेख गर्नुभयो । उहाले आफू काममा लागिरहने भएकाले अरु जस्तो मन्त्री हुनासाथ आउन नभ्याएको समेत प्रष्ट पार्नुभयो । उहाले थोरै आय तर धेरै माग भएकाले सबै काम गर्न नकिएको उल्लेख गर्नुभयो । उहाले देश भनेको एउटा ठूलो परिवार रहेको भन्दै सबैलाई मिलाएर व्यवस्थता गर्नुपरेको समेत बताउनुभयो । उहाले नेपाली कांग्रेसल केही समय मुलुकको नेतृत् वगर्न पाएको खण्डमा देशका आर्थिक अवस्था सुधार गर्न सकिने बताउनुभयो । उहाले विदेशमा गएर साना अवसर पाउने भन्दै नेपालमा धेरै कुराको सम्भावना रहेको बताउनुभयो । उहाले यहि धरै अवसर भएकाले नेपालमा बसेर नै आर्थिक स्तर सुधार्न आफूहरु लागि परेको बताउनुभयो ।

उहाले पार्टीका नेता कार्यकर्ताले पार्टीका नेता कार्यकर्ताविरुद्ध साजिक सञ्जालमा लेख्न छाडेर नेपाली कांग्रेसको एउटै आवाज बनाउनुपर्नेमा जोड दिनुभयोनेपाली कांग्रेस नुवाकोटका सभापति रमेश कुमार महतको सभापतित्वमा भएको कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले रातो सारी र रातो टिकाले महिलालाई शत्तिः दिने भावनात्मक सम्बन्धको विकास गर्ने भन्दै तिजको अति नै महत्व रहेको बताउनुभयो । नेपालमा पूर्व कालदेखि नै मनाइदै आएको र यसको महत्व ऐतिहासिक महत्व रहेको भन्दै सबैलाई शुभकामना दिनुभयो । विगतमा जितलाई महिलाहरुले माइती गएर आफ्ना व्यथा पोख्ने कार्यक्रमको रुपमा लिने गरिएको समेत स्मरण गराउनुभयो । उहाले बागमती प्रदेश सरकारले १४ वर्षदेखि १९ वर्षसम्मका महिलाहरुलाई पाठेघरको मुखका क्यान्सको खोप लगाउने व्यवस्था गरिएको पनि बताउनुभयो । उहाले आफू बागमती प्रदेश सरकारले विकास निर्माणका विषयमा सक्दो काम गर्ने प्रतिवद्धता पनि जनाउनुभयो ।
जिल्ला सभापति तथा प्रदेसभा सदस्य रमेश महतले राजनीतिसँगै महिलालाई विकास निर्माणमा पनि अग्रसर हुनका लागि यस्ता कार्यक्रमको महत्व हुने बताउनुभयो । उहाले वर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले नुवाकोटको योगदानका लागि महत्वपूर्ण काम गर्नुभएको भन्दै उहाको अगुवाईमा नुवाकोटमा विकास निर्माणले थप गति लिने विश्वास समेत बताउनुभयो । कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य राज्यमन्त्री, नेपाली कांग्रेस नुवाकोटका पूर्व जिल्ला सभापति धुव्र अधिकारी, उपसभापति सन्तमान तामाड. उपसभापति राजु थापा नेपाली कांग्रेस नेतृ बिना महत,कल्पना नेपाली, बिन्दा अर्याल लगायतका नेताहरुले तीजको अवसरमा शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा लिखु गाउँपालिका अध्यक्ष धुव्र श्रेष्ठ, सुर्यगढी गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेको पनि सहभागिता रहेको थियो । कार्यक्रममा महिलाहरुको उललेख्य सहभागितासहित दरखाने र नाजगान गर्ने कार्यक्रम समेत भएको थियो । कार्यक्रममा सहभागिता जनाउन नुवाकोट पुग्दा महतलाई ढिकुरेबाट नै नेपाली कांग्रेसका नेता कार्यकर्ताले झण्डासहितको मोटरसाइकल र्याली गर्दै कार्यक्रमस्थल लगेका थिए ।
उता नेपाली कांग्रेसकै अर्जुननरसिंह केसी पक्ष भने अनुपस्थित भएको छ । केसीको सचिवालयका नाममा हिजो नै कार्यक्रममा केसी सहभागिता नहुने भन्दै घुमाउरो रुपमा आफू निकटका नेता कार्यकर्तालाई कार्यक्रममा सहभागिता नजनाउने संकेत गरेको जस्तो देखिन्थ्यो । यद्यपि केसी निकट स्रोतले भने कार्यव्यस्तताका कारण कार्यक्रममा सहभागि नभएको बताएको छ