
काठमाडौं । विपी साहत्य सम्मेलनको दोस्रो दिन विभिन्न व्यक्तित्वहरुले प्रवचन दिने कार्यक्रम रहेको छ । नेपाली कांग्रेस प्रचार विभागका अनुसार आजको कार्यक्रममा महामन्त्री गगन थापाको सहजिकरणमा ११ बजेदेखि १२ बजेसम्म आननन्द कुमारले विपीका बारेमा बताउनु हुनेछ ।
उहालाई सहजकर्ताको रुपमा शंकर तिवारीले गर्ने कांग्रेसले जनाएको छ । यस्तै१२ बजेर १० मिनेटबाट १.२० सम्म हरि शर्मा, विपिन अधिकारी, अच्युत वाग्ले र मञ्जला झाले आफ्नो धारणा राख्नुहुनेछ । जसको सहजकर्ता महामन्त्री गगन थापाले गर्ने बताइएको छ । १०.३० देखि २. ३०. सम्म सनत रेग्मी,नयनराज पाण्डे र संजीता वर्माले बोल्नुहुनेछ । जसको सहजकर्ता भने श्याम शाह रहनु भएको छ । २ं४ं०.४.०० बजेसम्म डा. बाबुराम भटरराई,नायारण खड्का, प्रदिप ज्ञवाली,इन्द्र अधिकारीले बोल्ने कार्यक्रम रहेको छ । जसको सहजकर्ता भने सुधिर शर्मा रहनु भएको छ । उहाहरुले अन्तराष्ट्यि र कुटनितिक सम्बन्धमा विपीको भूमिका बारेमा सम्भाषण दिने कार्यक्रम रहेको छ ।
यस्तै ४ बजेर १० मिनेटबाट ५ बजेर २० मिनेटसम्म बुद्धिसागर,रामलाल जोशी,सरस्वती प्रतिक्ष सुविन भट्टराईले युवा सष्टामा विपी पठनका विषयमा सम्भाषण दिने कार्यक्रम रहेको छ । यसघि हिजोको सत्रमा अभि सुवेदी लगायतले विपीका बारेमा आफ्नो धारणा राख्नु भएको थियो । हिजो सभापति शेरबहादुर देउवाले उद्घाटन गरेसँगै सुरु भएको कार्यक्रम भोलि समापन हुनेछ