
विपीको जेल डायरी पुस्तक राजधानीमा बिमोचन गर्दै प्रमुख अतिथि कांग्रेस महामन्त्री गगन थापासहितका अन्य अतिथिहरु ः तस्बिर, कृष्ण रिजाल
काठमाडौं । कांग्रेस संस्थापक नेता बिपी कोइरालाको ‘जेल डायरी’ विमोचन गरिएको छ । शंकर तिवारीले सम्पादन गरेको पुस्तक शनिबार राजधानीको प्रज्ञा भवनमा आयोजिक एक कार्यक्रममा बीच नेपाली कांग्रेसका महामन्त्री गगन थापा सहितका कांग्रेस नेता तथा बुद्धिजिबिहरुले बिमोचन गर्नुभएको थियो । कोइरालाको अप्रकाशित रहेका १९६२ देखि ९९६८ को जेल डायरी पुस्तकमा समेटिएका छन् । पुस्तक शिखा बुक्समार्फत बजारमा ल्याइएको बताइएको छ ।
कार्यक्रमा प्रमुख अतिथिका रुपमा बोल्दै कांग्रेस महामन्त्री गगन थापाले बिपीलाई महामानव भन्दै गर्दा महामानवको आवरणभित्र गुम्सिएका महाविचार ओझेलमा परेको बताउनुभयो । उहाले बिपीको विचारलाई निष्ठाको अर्थमा बुझ्न आवश्यक रहेकोमा जोड दिनुभएको थियो । ‘महामानव भनेर बिपीको विचारमा छलफल नै गर्न नहुने, बिपीको विचारलाई मूर्ति पूजा गरेजस्तो पूजा गर्ने कुरा बिपीमाथिको ठूलो अन्याय हो ।
बिपी मान्छे हो, मान्छेभित्रका कुरा हामीले बुझ्नुपर्छ । उहाँले मलाई मान्छेजसरी नै व्यवहार गर, बुझ भन्नुभएको छ । तर, मेरो निष्ठालाई त्यसको अर्थमा बुझ भन्नुभएको ठाउँमा निष्ठा ठ्याक्कै छोडेर मान्छे होइन, मान्छेभन्दा माथिको मान्छे हो भनेर जुन हामीले गरिरहेका छौं, त्यो अन्याय हो,’ थापाको भनाई थियो । कार्यक्रममा माओवादी केन्द्रका सचिव राम कार्कीले बीपी कोइरालाको कारण अहिलेको राजनीतिज्ञहरुले आफूलाई इन्फेरिएर मूल्यांकन गर्ने बताए । नेपाल देवकोटाले साहित्य र बीपीले राजनीतिमा जुन मानक स्थपित गरेका छन् त्यसलाई कसैले तोड्ने सकेका छैनन्, उनले भने, हाम्रो पिढी इन्फेरिएर फिल गर्छ किनभने राजनीतिमा बीपी र साहित्यमा देवकोटालाई जित्न सकिएन् भनेर ।

कार्यक्रममा प्राध्यापक कृष्ण खनालले बीपी कोइरालाको बारेमा रहेको भ्रमहरुलाई भत्काएर समीक्षा गर्नुपर्ने बताए । हामीले बीपीको बारेमा पालेको भ्रमहरु सबैभन्दा पहिले भत्काउनु पर्छ । अनिमात्रै रिभिजिट गर्न सकिन्छ । भ्रमहरु पाल्दापाल्दै कसरी रिभिजिट हुन्छ,ु उनले भने, ुयसअघि जेल जर्नलले धेरैको भ्रम फालेको थियो । आत्मवृत्तान्तले कति गर्यो थाहा भएन ।
कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, कांग्रेसका प्रवक्ता मिन विश्वकर्मा, माओवादी नेता राम कार्की,कांग्रेस नेतृ प्रतिमा गाैतम सहितले पुस्तकमाथि चर्चा गर्नुभएको थियो । सो अवसरमा नेपाली कांग्रेसका नेता कार्यकर्ता तथा बौद्धिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।