
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू अझै २० वर्ष राजनीतिमा सक्रिय हुने घोषण गर्नुभएको छ शनिबार राजधानीमा बालबालिकासँग,बा, कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफू राजनीतिमा २० वर्ष सकिय हुने तर नेतृत्वमा भने नरहने बताउनु भएको हो । पार्टी नेतृत्वको विषयमा भने ओलीले आफू लचक रहेको दाबी गरेका छन् । राजनीतिमा सक्रिय रहँदै नेतृत्व हस्तान्तरण गर्ने र नेतृत्व गर्नेलाई सहयोग गर्ने ओलीको भनाइ थियो । ‘पहिला म बिरामी थिएँ, धेरैपटक अप्रेसन गर्नुप¥यो । दुईपटक किड्नी ट्रान्सप्लान्ट गर्नुप¥यो । अहिले किड्नीले धेरै राम्ररी काम गरिरहेको छ । कुनै प्रकारको समस्या छैन,’ ‘अर्को कुरा अहिले पनि मेरो बुबा मजत्तिकै तगडा हुनुहुन्छ । मेरो बुबा नै त्यति तगडा हुनुहुन्छ भने २० वर्ष त मैले सक्रिय रहने विचार गरेको हुँ । तर, २० वर्ष सक्रिय रहनुको अर्थ म २० वर्षै, देशको नेतृत्व गर्छु, पार्टीको नेतृत्व गर्छु भनेको होइन । नेतृत्व गर्नेहरूलाई सहयोग गर्छु, सक्रिय रहेर ।’
उहाले अबको नेतृत्व युवा पुस्ताले गर्नुपर्नेमा पनि जोड दिनुभयो । कार्यक्रममा उहाले आफू अब्बर राजनीतिज्ञ नभएको भन्दै धेर कुरा गर्न नसकेको स्वीकार गर्नुभयो । उहाले आफूले मुलुकलाई सार्वभौम सम्पन्नरुपमा राखेर विदेशी हस्तक्षेपलाई रोक्न नसकेको भन्दै उहाले अबका युवा पुस्ताले त्यो काम गरेर देखाउनुपर्नेमा जोड दिनुभयो । पूर्व प्रधानमन्त्री समेत रहनु भएका ओलीले ेबालिबालिकाहरुका मुहारमा देखिएको खुशीले मुलुकका हजारौ युवाहरुको आत्मविश्वास बढाएका, आशा जगाएको समेत बताउनुभयो । बालबालिकाहरुले राखेर राजा महाराजाहरु बस्ने जस्तै आशमा रहेर निकै उत्साहित हुनुभएका ओली बालबालिकाहरुसँग खुलेर कुरा गर्नुभएको थियो ।
उहाले आफू यस्ता कार्यक्रमबाट ह्ृदयदखि नै खुशी भएको भन्दै यसलार्य शबदमा ब्याख्या गर्न नसक्ने बताउँदा बालबालिका निकै भावुक र उत्साहित थिए । उहालाई बालबालिकाहरुले चिड्डा जस्तै ढंगले उहाले गर्नुपर्ने कार्यको विवरण तयार गरेका थिए । जसमा गाउँने, जोक सुनाउने कुराहरु थिए । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माकी छोरी स्वीकृति शर्माले सञ्चालन गरेको उक्त कार्यक्रममा ओलीले केक काटेर बालिबालिकाहरुलाई खुवाएका थिए भने अध्यक्ष ओलीलाई कार्यक्रम सञ्चालिका स्वीकृतिले केक खुवाएकी थिईन ।