
Interview with Dr. Shekhar Koirala, Leader of Nepali Congress in Anamnagar, Kathmandu on Thursday. Photo: Balkrishna Thapa/ THT
काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको मंगलबार छुट्टै बैठक बसेको छ। कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बसेको बैठकमा केन्द्रीय समिति बैठकमा उठाउने एजेण्डा, कोशी प्रदेशको विषयसम्म छलफल भएको नेता दिलेन्द्र प्रसाद बढुले जानकारी दिनुभयो ।
‘असोज ४ गते केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । त्यसमा हामीहरू कसरी प्रस्तुत हुने? कुन कुन विषय उठाउने? भन्ने विषयमा हामीले छलफल गर्यौँ। विचार विमर्श भएको नेता बढुले जानकारी दिनुभयो । बैठकमा नेताहरुबीच गुटभित्रका नेताहरूलाई एक बनाएर लैजाने विषयमा छलफल भएको बताइएको छ ।
संसदीय समितिमा सभापति देउवा पक्षले आफूहरूलाई वेवास्ता गरेकाे भन्दै नेताहरुले कुरा उठाएकाे सहभागी एक नेताले बताए ।संसदीय समितिमा देउवापक्षका नेताहरुमात्र सहभागी भएका छन् ।समितिमा काेइराला पक्षले दुई जनाकाे दावी गरेकाे थियाे ।