नुवाकोट । सामाजिक सेवामा सक्रिय लायन्स क्लब अफ काठमाडौं इन्द्र अन्नपूर्ण योगले भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटका विदुर नगरपालिका–५ देवीघाट तथा बेलकोटगढी नगरपालिका–७ का प्रभावित परिवारलाई राहत सामग्री उपलब्ध गराएको छ।
संस्थाले प्रभावितका लागि ठूला टेन्ट २२ थान, साना टेन्ट २० थान, १५ एमएमका फर्म १०० थान, तन्ना ५० थान, चप्पल ५० जोर, प्लास्टिक पाल २०० थान, कचौरा २०० थान, गिलास २०० थान, बालबालिकाका कपडा १५ थान, अन्य कपडा ५ बोरा तथा अन्य आवश्यक सामग्री १ बोरा सहयोगस्वरूप प्रदान गरेको जनाएको छ।
विदुर नगरपालिका–५ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा आश्रय लिइरहेका प्रभावितहरूलाई वितरण गर्ने गरी उक्त राहत सामग्री स्थानीय जनप्रतिनिधिहरूलाई जिम्मा लगाइएको संस्थाका तर्फबाट सहभागी इन्द्रबहादुर लामाले जानकारी दिनुभयो।
त्यस्तै, बेलकोटगढी नगरपालिका–७ स्थित महादेव माध्यमिक विद्यालयमा आश्रय लिइरहेका बाढी प्रभावितहरूलाई समेत राहत सामग्री वितरण गरिएको बताइएको छ।
सामाजिक सेवाको भावना बोकेको उक्त संस्थाले विगतदेखि नै कोभिड महामारी, भूकम्प तथा विभिन्न प्राकृतिक विपत्तिका समयमा राहतमुखी कार्यक्रम सञ्चालन गर्दै प्रभावित समुदायलाई सहयोग गर्दै आएको जनाएको छ।



नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्