सुन्दर पन्तको नयाँ तीज गीत ‘कैलाशबाट हामी दुईको सेल्फी हानिदेउ’ बजारमा

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र २२, सोमबार १६:०६

काठमाडौं । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसर पारेर गीतकार सुन्दर पन्तको नयाँ तीज गीत ‘कैलाशबाट हामी दुईको सेल्फी हानिदेउ’ सार्वजनिक गरिएको छ।

तीजको सांस्कृतिक, पारिवारिक तथा सामाजिक परिवेशसँगै नारी संवेदना र चेतनालाई समेटेर तयार गरिएको उक्त गीत हालै युट्युबमार्फत सार्वजनिक गरिएको हो। गीतमार्फत तीजसँग जोडिएका विविध सांस्कृतिक पक्ष र नारीवादी भावनालाई सन्देशमूलक ढंगले प्रस्तुत गर्ने प्रयास गरिएको बताइएको छ।

गीतमा सुन्दर पन्तको शब्द र सुवर्ण श्रेष्ठको संगीत रहेको छ। सीमरन परियार र सुन्दर हाङ राईको स्वर रहेको गीतको रेकर्डिङ हरि सायमीले गरेका हुन् भने संगीत संयोजन तथा मिक्सिङ–मास्टरिङ राजिव शाहले गरेका छन्। गीत स्ट्रिङ स्टुडियोमा रेकर्ड गरिएको हो।

गीतको भिडियो वरिष्ठ गायक तथा संगीतकार तारावीर पाण्डेले निर्देशन गरेका छन्। भिडियोमा पवित्रा आचार्य (पाओला) र प्रकाशजंग कार्कीले अभिनय गरेका छन्। पवित्रा आचार्यकै कोरियोग्राफी रहेको भिडियोको छायांकन सुनील राउतले गरेका हुन्।

भिडियोको सम्पादन तथा कलरिङ सुशील डाँगीले गरेका छन् भने ग्राफिक्स निशान एसकेले गरेका छन्। रियोन महतले स्टिल फोटोग्राफी तथा सोम मग्रातीले श्रृंगारको जिम्मेवारी सम्हालेका छन्।

निर्माता कविता पन्तका अनुसार गीत तथा भिडियोमार्फत तीजसँग जोडिएका सांस्कृतिक र पारिवारिक पक्षका साथै नारी संवेदना र चेतनालाई सन्देशमूलक रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ।

तीज पर्वको अवसरमा सार्वजनिक गरिएको उक्त गीतले मनोरञ्जनसँगै सामाजिक तथा सांस्कृतिक चेतनाको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *