:
विदुर, भदौ २२ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित भई आफ्ना बुबाआमा गुमाएका बालबालिकालाई विशेष हेरचाह तथा संरक्षण प्रदान गर्न विदुर नगरपालिकाले सुरक्षित आश्रयस्थलको व्यवस्था गरेको छ।
नगरपालिकाले वडा नम्बर २ स्थित अन्नपूर्ण पञ्चकन्या आधारभूत विद्यालयमा आश्रयस्थल निर्माण गरी प्रभावित बालबालिकाको आवास तथा बन्दोबस्ती मिलाएको हो।
हाल उक्त आश्रयस्थलमा चार जना बालिका र तीन जना बालक गरी सात जना बालबालिका रहेका छन्। बाढीका कारण आमाबाबु गुमाएका थप बालबालिका भेटिएमा उनीहरूलाई समेत सोही स्थानमा राख्ने आवश्यक प्रबन्ध मिलाइएको विदुर नगरपालिकाले जनाएको छ।
बालबालिकाको आवास, खानपान, शिक्षा, स्वास्थ्य उपचार तथा सुरक्षा लगायतका विषयमा नगरपालिका गम्भीर र संवेदनशील रहेको बताइएको छ। उनीहरूको उचित संरक्षण र भविष्य सुनिश्चित गर्न आवश्यक सम्पूर्ण व्यवस्थापन मिलाइएको नगरपालिकाले जनाएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्