
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आफ्नो अमेरिका भ्रमण सकेर चीन प्रस्थान गर्नुभएको छ । अमेरिका भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिकाबाट सिधै चीन भ्रमणमा रहँदा उहाले राष्ट्रपति सी जिनपिङ, समकक्षी ली छ्याङलगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट् मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ। चिनियाँ समकक्षी छ्याङको निमन्त्रणामा प्रचण्ड न्युयोर्कबाट शुक्रबार स्थानीय समयअनुसार राति साढे १ बजेको फ्लाइटबाट हाङजाओ प्रस्थान गर्नुभएको बताइएको छ ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्कबाट प्रधानमन्त्री प्रचण्ड चीनमा हुने १९ औं एसियाली खेलकुदको उदघाटन समारोहमा सहभागी हुनुहुनेछ भने आज शनिबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग प्रधानमन्त्री भेटवार्ता हुने कार्यतालिका रहेको बताइएको छ ।
प्रधानमन्त्री दाहाल र चीन सरकारबीच दुई पक्षीय हितका विषयमा कुराकानी हुने बताइएको छ । नेपाल सरकारका तर्फबाट प्रधानमन्त्रीले छहरे टोखा सुरुड. मार्गका विषयमा कुराकानी गर्नुहुने यसअघि नै बताइएको थियो । यस्तै चीन सरकारबाट प्राप्त हुने अनुदान लिने विषयमा पनि सहमति हुने स्रोतले बताएको छ । कतिपयले प्रधानमन्त्री अमेरिकाबाट सिधै चीन गएका कारण भ्रमण पूर्ण सफल हुनेमा शंका व्यक्त गरिरहेका बेला चीन सरकारले भने दाहाललाई उच्च महत्वकासाथ भ्रमणमा स्वागत गर्ने तयारीमा रहेको पनि बताइएको छ ।