
क्तपुरमा रहेको तलेजु मन्दिर दर्शनका लागि त्यहाँ पुग्दा भक्तपुरबासीले पूर्व राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्दै सर्वसाधारण, तस्बिर, नुवाकोट पुकार डटकम
काठमाडौं । नेपालमा राजसंस्था अन्त्य भएको घोषणा गर्दै संविधानमा नै लोकतान्त्रिक गणतन्त्र उल्लेख गरिएको भएपनि कतिपय नेपालीहरुले भने पूर्व राजाहरुलाई अझै पनि राजाकै हैसियतमा आदर र सम्मान गर्ने गरेका छन् । यसैक्रममा आज भक्तपुरमा पनि पूर्व राजा ज्ञानेन्द्रलाई नेपालीहरुले राष्ट्यि झण्डाकासाथ भव्य रुपमा स्वागत गरेका छन् । भक्तपुरमा रहेको तलेजु मन्दिर दर्शनका लागि त्यहाँ पुग्दा भक्तपुरबासीले पूर्व राजालाई भव्य स्वागत गरेका थिए ।

मन्दिर दर्शन गर्नका लागि पूर्व राजालाई निकै सास्ती भएको देखिन्थ्यो । सर्वसाधारणहरुले हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, राजा आऊ देश बचाऊ भन्ने नारा समेत लगाएका थिए । सर्वसाधारणको भिडकाबीच मन्दिर दर्शका लागि सपरिवार आएका पूर्व राजाले भने हात जोडेर मन्द मुस्कानकासाथ अभिनन्दन स्वीकार गरेको देखिन्थ्यो ।अधिकांशका हातमा राष्ट्यि झण्डा थियो । राजालाई त्यहा सरक्षा संयन्त्रसहित स्थानीयहरुले समेत व्यवस्थापन गरेर मन्दिरसम्म लगेका थिए
