नुवाकोट । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोट आएका छन्।
आफूनिकट नेताहरूलाई साथ लिएर नुवाकोट आएका देउवासँगै डा. शशाङ्क कोइराला, डा. प्रकाशशरण महत, एनपी साउद, मोहनबहादुर बस्नेतलगायतका नेताहरू सहभागी थिए।
प्रभावित क्षेत्रको निरीक्षणमा जानुअघि देउवाले नुवाकोटस्थित कांग्रेस पार्टी कार्यालयमा नेता तथा कार्यकर्तासँग छलफल गरेका थिए। छलफलका क्रममा उनले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत र पुनर्निर्माणका कामलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
देउवाले सरकारको उद्धार तथा राहत व्यवस्थापनबारे स्थलगत रूपमा बुझ्न आफू नुवाकोट आएको बताए। उनले प्रभावित नागरिकप्रति सरकार थप संवेदनशील हुनुपर्नेमा जोड दिए।
‘सरकारले के गरेको छ भनेर बुझ्न आएको हुँ। अनि आवाज उठाउँछु, बाटो पनि त्यस्तै छ। सबै ठाउँमा बाढी आएको छ। सरकार यहाँका जनताप्रति संवेदनशील हुनुपर्छ,’ देउवाले भने।
देउवासहितको टोलीले नुवाकोटका बाढी प्रभावित ढुंगे, त्रिशूली र देवीघाट क्षेत्रको स्थलगत अवलोकन गर्दै स्थानीय अवस्था, क्षति तथा उद्धार–राहतको अवस्थाबारे जानकारी लिएको थियो।
देउवाकासाथ कांग्रेस नेताहरु एनपी साउदी,माेहनबहादुर बस्नेत,कान्छाराम तामाङ ,कुन्दनराज काफ्ले लगायतका नेताहरु सहभागि थिए ।देउवालाई कांग्रेस पार्टी कार्यालयमा सभापति रमेश महत,पूर्व जिल्ला सभापति धुर्व अधिकारी ,उपसभापति राजु ,सचिव श्रीराम श्रेष्ठ सहित कांग्रेस नेता कार्यकर्ताले स्वागत गरेका थिए ।
पूर्व सभापति देउवाले विदुरकाे ढुंगे,त्रिशूली बजारको बाढीग्रस्त क्षेत्रकाे अवलाेकन गरेका थिए भने देवीघाटमा पुगेर बाढीग्रस्त क्षेत्रकासाथ नेपाली नेपाली सेनाले निर्माण गरेकाे बेलीब्रिजकाे पनि अवलाेकन गरेका थिए ।साथै उनले पुल निर्माणमा खटिएका नेपाली सेनाकाे प्रशंसा गर्दै कुनै बेला आफुलाइ नेपाली सेनाले जाेगाएकाे भन्दै धन्यवाद दिएका थिए।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्