उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गोरीकुमारी यादवद्वारा राजीनामा

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र २५, बिहीबार १४:०७

काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गोरीकुमारी यादवले राजीनामा दिएकी छन्। ग्यास आपूर्ति सहज बनाउन नसकेपछि विवादमा परेकी यादवले आज प्रधानमन्त्री बालेन शाह समक्ष राजीनामा बुझाएकी हुन्।

बुधबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादवको  धम्कीपूर्ण अभिव्यक्तिले एलपी ग्यास उद्योगीहरू बिच्किएका थिए। संसदीय समितिको बैठकमा बोल्दै मन्त्री यादवले उद्योगी र कर्मचारीको मिलेमतोका कारण ग्यास क्षेत्रमा सुधार गर्न नसकिएको आरोप लगाएकी थिइन्।

काठमाडौं उपत्यकामा ग्यासको चरम हाहाकार मच्चिइरहँदा निगमको कागजमा ८७ हजारभन्दा बढी सिलिन्डर भित्रिएको तथ्यांक त देखिन्छ, तर सर्वसाधारण भने रित्तो सिलिन्डर बोकेर दिनभर डिपो धाउन बाध्य छन् । यही बेला कालोबजारी खुलेआम

काठमाडौं, ललितपुर र भक्तपुरमा दैनिक ३५ हजारदेखि ४० हजार सिलिन्डर ग्यास खपत हुने भए पनि बजारमा मागअनुसार आपूर्ति हुन सकेको छैन। नेपाल आयल निगमको अनुमानअनुसार उपत्यकामा मात्रै अहिले १२ देखि १५ लाख खाली सिलिन्डर घर तथा विभिन्न स्थानमा थन्किएका छन्। 

काठमाडौं उपत्यकामा ग्यासको चरम अभाव भइरहेका बेला खुलेआम कालोबजारी हुन थालेको छ। ग्यासको परल मूल्य तथा सरकारले तोकेको बिक्री मूल्यभन्दा निकै बढी रकममा उपभोक्तालाई ग्यास बिक्री भइरहेको गुनासो आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *