बेलकोटगढी । बेलकाेटगढी -१ स्थित बेलकोट भञ्ज्याङ माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रुपा कँडेल मनोनित हुनुभएको छ।
गत जेठ २१ गते सम्पन्न अभिभावक भेलाले रुपा कँडेल, हरिकृष्ण न्यौपाने, सरिस्मा तामाङ र बुद्धराम तामाङलाई विद्यालय व्यवस्थापन समितिको सदस्यका रूपमा सिफारिस गरेको थियो।
सोही सिफारिसका आधारमा बेलकोटगढी नगरपालिकाको साउन २२ गतेको निर्णयअनुसार समितिका सदस्यहरूमध्ये वरिष्ठ सदस्य कँडेललाई अध्यक्षमा मनोनित गरिएको हो।
कँडेलको नेतृत्वसँगै बेलकोट भञ्ज्याङ माध्यमिक विद्यालयले पहिलो महिला अध्यक्ष पाएको छ। विभिन्न संघसंस्थामा आबद्ध रही सामाजिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएकी कँडेलको नेतृत्वमा विद्यालयको शैक्षिक तथा भौतिक पक्षमा थप सुधार हुने विश्वास अभिभावकहरूले व्यक्त गरेका छन्।
विद्यालयको गुणस्तरीय शिक्षा, व्यवस्थापन सुधार, विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि तथा विद्यालयको समग्र विकासलाई प्राथमिकतामा राखेर नयाँ व्यवस्थापन समितिले काम गर्ने अपेक्षा गरिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्