
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले महासमिति बैठकलाई भव्य रुपमा सफल वनाउनका लागि सभापति शेरबहादुर देउाको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय गरेको छ ।सभापति शेरबहादुर देउवाको सभापतित्वमा २०८० आश्विन ४ देखि ८ गतेसम्म पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सम्पन्न भएको छ । बैठकले विभिन्न निर्णयहरु गरेका छ ।
यस्ता छन् निर्णयहरु
१। महासमितिको बैठक तयारी सम्वन्धमाः
चौधौ महाधिवेशनबाट विधान पारित गर्ने र नेतृत्व चयन गर्ने कार्य सम्पन्न भएता पनि पार्टीका विविध नीतिका बारेमा छुट्टै नीति महाधिवेशन आयोजना गरि छलफल गर्ने वैधानिक प्रावधान राखिएको थियो । नीति महाधिवेशन आयोजना गर्ने तयारी गर्दागर्दै महासमितिको बैठक बस्ने समय पनि भईसकेको र नीति महाधिवेशनले गर्ने काम महासमितिले गर्न सक्ने वैधानिक प्रावधान रहेकोले नीति महाधिवेशनले गर्ने कार्य गर्ने गरी महासमितिको बैठक यही मंसिर १३, १४ र १५ गते आयोजना गर्ने भनि केन्द्रीय कार्यसमितिको २०८० साउन २ देखि १० गते सम्म बसेको बैठकले निर्णय गरिसकेको छ । महासमितिको बैठकलाई भव्य र सभ्यरुपमा सम्पन्न गर्न देहाय बमोजिमका विभिन्न समितिहरु गठन गरिनेछ ।
क पार्टी सभापति शेरबहादुर देउवाज्यूको संयोजकत्वमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य, प्रदेश कार्यसमितिका सभापति एवं उपत्यकाका तीनै जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरका जिल्ला सभापति, भ्रातृ संस्थाका केन्द्रीय अध्यक्षहरु समेत रहने गरि एक मूल आयोजक समिति गठन गर्ने ।
महासमितिको बैठकमा प्रस्तुत गरिने नीतिगत प्रस्ताव तयार गर्न पार्टी उपसभापति एवं नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक पूर्णबहादुर खड्काको संयोजकत्वमा प्रस्ताव तयारी समिति गठन गर्ने । समितिमा केन्द्रीय पदाधिकारीहरु र पार्टी प्रवक्ता रहनेछन् । आवश्यकतानुसार सभापतिले थप सदस्यहरु मनोनयन गर्नुहुनेछ ।
९ग० महासमितिको बैठकमा पार्टीको सांगठनिक प्रतिवेदन महामन्त्री गगनकुमार थापाले प्रस्तुत गर्नुहुनेछ र समसामयिक राजनीतिक प्रस्ताव महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्नु हुनेछ ।
९घ० आवश्यकता अनुसार केन्द्रीय सभापतिले विभिन्न विषयमा अन्य समितिहरु गठन गर्न सक्नु हुनेछ ।
९ङ० २०८० मंसिर १३, १४ र १५ गते हुने महासमितिको बैठक काठमाडौंमा आयोजना गरिनेछ ।
२। कार्यक्रमको समिक्षाः
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८० साउन २ देखि १० सम्म बसेकोे वैठकको निर्णय अनुसार तय गरिएका विविध कार्यक्रमहरु मध्ये वर्षायाम, अविरल झरी, बाढी पहिरो एवं डेङग्यू र आँखा पाक्ने रोग जस्ता जनस्वास्थमा प्रत्यक्ष प्रभाव पार्ने महामारी फैलिएको जोखिमपूर्ण अवस्थालाई मध्यनजर गरि भाद्र १० देखि २४ गतेसम्म सम्पन्न गर्ने भनि निर्धारण गरिएको “समुदायमा कांग्रेस” नामक कार्यक्रम स्थगन गर्नुप¥यो । प्रतिकूल परिस्थितीका वावजुद देहायका कार्यक्रमहरु सम्पन्न गरिएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८० साउन २ देखि १० सम्म बसेकोे बैठकको निर्णय अनुसार एक महिनाको अवधिमा आन्तरिक विशेष अभियान, पोलिसी ह्याकाथन र बिपी साहित्य महोत्सव लगायतका महत्वपूर्ण र प्रभावकारी कार्यक्रमहरु सम्पन्न भएका छन् । आन्तरिक विशेष अभियानले पार्टी संगठनभित्र देखिएका अलमल, अन्यौल र विविध खाले भ्रमहरुलाई चिर्ने काम गर्नुका साथै पार्टीका समसामयीक गतिविधि बारे पार्टी संगठनका सबै तहमा संस्थागत ढंगले अवगत गराउने काम भएको छ । वर्षायामको अविरल झरि वाढी पहिरो, डेङग्यू र आँखा पाक्ने जस्ता महामारी फैलिएको जोखिमपूर्ण समयमा पनि पार्टी निर्णयलाई सर्वोपरि ठानेर खटाईएको जिल्लामा गई जिम्मेवारी पुरा गर्नुहुने सवै केन्द्रीय सदस्य एवं प्रतिनिधिहरु, प्रदेश तथा जिल्ला कार्यसमितिका सभापति एवं पदाधिकारी सदस्यहरु लगायत सबै तहका जिम्मेवार साथीहरुलाई यो बैठक हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
नेपाली कांग्रेसलाई विविध क्षेत्रका युवाहरुसंग जोड्न र मुलूकमा विद्यमान वेरोजगारी समस्या र युवाहरुको विदेश पलायन जस्ता ज्वलन्त समस्याहरुलाई नविन नीति र प्रविधिका माध्यमले नेपाली कांग्रेसले यस क्षेत्रमा महत्वपूर्ण कार्य गर्दैछ भन्ने सकारात्मक सन्देश दिई युवाहरुका बीच फैलिएको निराशालाई हटाई आशा भर्दै नेपाली कांग्रेसप्रति आर्कषित गर्न “पोलीसी ह्याकाथन अन गीग इकोनोमी एण्ड क्लाइमेट चेन्ज” कार्यक्रम सफल भएको छ । यसले नेपाली कांग्रेस पार्टी सबै किसिमका युवाहरु बीचमा वैचारिक तथा व्यवसायिक दृष्टिले खुल्ला बहस छलफल गर्न तयार रहेको सन्देश आम युवाका बीचमा फैलिएको छ ।
९ग० बिपी कोइरालाको ११० आंै जन्मजयन्तीको उपलक्ष्यमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजना, नेपाली लेखक संघ, नेपाल सांस्कृतिक महासंघको संयोजन र नेपाल लोकतान्त्रिक ललितकला संघ र निरन्तर शनिवारको सहयोगमा यही भाद्र २४, २५ र २६ गते बिपी साहित्य महोत्सव सम्पन्न गरियो । आदरणीय पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाज्यूबाट समुद्घाटित उक्त महोत्सव तीन दिनसम्म संचालन भएको थियो । महोत्सवमा बिपी कोइरालासंग सम्बन्धित विविध १३ वटा विषयमा विषयगत विज्ञहरुबाट अन्तरक्रियात्मक विचार प्रस्तुत भए भने प्रत्येक दिनको पहिलो सत्रमा १÷१ वटा विषयमा विशिष्ट व्यक्तित्वबाट मुख्य प्रवचन प्रस्तुत गरिएको थियो । प्रत्येक दिन विहान ९ः०० बजेदेखि पार्टीको सभाहलमा विपी, गणेशमानसंग सम्बन्धित तयार भएका वृत्तचित्र एवं चलचित्र प्रदर्शन गर्ने काम भयो ।
महोत्सवको तेस्रो दिन २६ गते गर्ने तय भएको कार्यक्रम संविधान सभाका अध्यक्ष तथा नेकपा ९एमाले० का उपाध्यक्ष सुभाषचन्द्र नेम्वाङ्गको आकस्मिक निधन भएको दुःखद घटनाले कार्यक्रम आकस्मिकरुपमा स्थगन गर्नुपरेको थियो । स्थगित भएको उक्त दिनको कार्यक्रम संविधान दिवशको अवसरमा आश्विन ३ गते पार्टी कार्यालयमै सम्पन्न गरियो ।
पहिलो दिनको कार्यक्रमका सबै सत्र सम्पन्न भएपछि कविता साँझ, दोस्रो दिन गजल साँझ आयोजना गरियो भने कार्यक्रम अवधीभर सबै वक्ताहरुको प्रस्तुतिका आधारमा फाइनआर्टका चित्रकारले क्यानभाषमा चित्र उत्तार गर्नु भएको छ । महोत्सवमा बिपी, कांग्रेस र लोकतान्त्रिक समाजवादसंग सम्बन्धित पुस्तकहरुका साथै सूचना, संचार तथा प्रचार विभागको सक्रियतामा विभिन्न किसिमका प्रचार सामाग्रीहरु बिक्री वितरणमा राखिएका थिए ।
महोत्सवमा आमन्त्रण गरिएका र प्रचार प्रसारबाट थाहाँ पाएर सहभागी हुनेहरुको संख्या उत्साहवद्र्धक रहेको थियो । यो महोत्सवले नेपाली कांग्रेसलाई आम जनमानसमा साझा लोकप्रिय दलका रुपमा स्थापित गराएको छ । विभिन्न राजनीतिक दलका नेताहरु, सबै क्षेत्र र आस्थाका विद्वान, वुद्धिजीवी, साहित्यकार, लेखक, कलाकार एवं सामाजिक व्यक्तित्वहरुको उपस्थिति र प्रस्तुतिले हाम्रो पार्टीको प्रभाव जनमानसमा थप लोकप्रिय बनेको महशुस भएको छ ।
ऐतिहासिक बिपी साहित्य महोत्सव सफल बनाउन अहोरात्र खटिनु हुने पार्टीका पदाधिकारी, सदस्यहरु, केन्द्रीय सूचना, संचार तथा प्रचार विभाग, नेपाली लेखक संघ, नेपाल सांस्कृतिक महासंघ, नेपाल लोकतान्त्रिक ललितकला संघ र निरन्तर शनिवार लगायतका संस्थाहरु, पार्टी कार्यालयका सम्पूर्ण कर्मचारी साथीहरु, सहभागी विशिष्ट अतिथि वक्ताहरु, सहजकर्ताहरु, संचारकर्मी मित्रहरु, सहभागी महानुभावहरुमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति यहाँहरुको उच्च प्रशंशा गर्दै हार्दिक धन्यवाद ज्ञापन
गर्दछ ।
३ नेपाल सरकारले संसदमा दर्ता गरेको “विद्यालय शिक्षा विधेयक” लाई लिएर आन्दोलित शिक्षक र नेपाल सरकार बीच भएको वार्ता र सहमतिको हार्दिक स्वागत गर्दै विद्यालय शिक्षा ऐनको विद्येयक संसदमा दर्ता भईसकेकोले संसदीय प्रक्रिया भित्रैबाट संशोधन र परिमार्जनका माध्यमले विधेयकलाई सर्वस्वीकार्य बनाउन सकिन्छ भन्ने दृढ विश्वासका साथ नेपाली कांग्रेसले सार्थक पहल गर्ने निर्णय गर्दछ । उक्त विधेयकमा प्रभावकारी भूमिका निर्वाह गर्न नेपाली कांग्रेस संसदीय दललाई निर्देश गर्दछ । साथै संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुसंग सहकार्यका लागि अपिल गर्दछ ।
४। नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादव माथि काठमाण्डौको मुटु भृकुटीमण्डपको प्रहरीको पहुँचमै रहेको सार्वजनिक कार्यक्रमस्थलमै दिन दहाडै खुकुरी प्रहार गरि साँघातिक आक्रमणबाट गंभिर घाईते बनाईनु, तीनकुनेमा कारखानामा सुतिरहेको अवस्थामा एक्कासी चार चार जनाको ज्यान लिने गरि भएको आक्रमण हुनु लगायतका दर्जनौ घटनाहरु दिनानुदिन घटीरहनुलाई नेपाली कांग्रेस गंभिर चिन्ता व्यक्त गर्दछ । नागरिकको शान्ति सुरक्षाको जिम्मा मूलत सरकारको हो । यी घटनाहरुले वर्तमान शान्ति सुरक्षाको अवस्थालाई उजागर गरेकाछन् भने नागरिकमा असुरक्षाको महसूस गराएको छ । छोटो समयमा देश भर घटेका शान्ति सरक्षाको क्षेत्रमा सरकारलाईनै चूनौति दिने यी घटनाहरुको गहिरो छानविन र प्रभावकारी अनुसन्धान गरि दोषिलाई अविलम्व कानुनी कार्वाहीको दायरामा ल्याउन र नागरिकहरुमा सुरक्षाको अनुभूति दिलाउनका साथै यस्ता घटना हुन नदिन प्रहरी प्रशासनको प्रभावकारी परिचालनका लागि यो बैठक नेपाल सरकारसंग माग गर्दछ ।
५।राज्य कोषको रकम अनावश्यक र अनुत्पादक क्षेत्रमा फजुल ढंगले खर्च गरिनु हुन्न भन्ने हाम्रो नीति नै हो । अर्थतन्त्रको अहिलेको चुनौतिपूर्ण अवस्थामा यो विषयमा अझै ध्यान दिनु पर्ने भएको छ । नेपाली कांग्रेस सबै तहका सरकारलाई अनावश्यक संरचना सिर्जना नगर्न र आर्थिक मितव्ययिता अपनाउन अनुरोध गर्दछ । साथै पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई उक्त कुरामा गम्भीर ध्यान पु¥याउन निर्देशित गर्दछ ।
६ नेपालीहरुको विभिन्न चाड पर्व क्रमशः भित्रिनै लागेको बेला बजारमा खाद्यान्न लगायतका अति आवश्यक वस्तुहरु अभाव हुने, मुल्य आकासिने, कालावजारी मौलाउने जस्ता कारणले सर्वसाधारण उपभोक्ताहरु अत्तालिन थालेका छन् । आम नागरिकहरु दिनानुदिन चिन्तित् बन्दै गइरहेकोमा नेपाली कांग्रेसको गंभिर ध्यानाकर्षण भएकोछ । यस्तो अवस्था आउन नदिने र दैनिक उपभोग्य वस्तुका अतिरिक्त चाडपर्व विशेषमा उपयोग तथा उपभोग हुने वस्तुहरुको आपूर्ति सहज बनाउने, कृतिम मूल्य नियन्त्रण गर्ने, विचौलियाहरुहरुलाई निरुत्साहित गरि बजारमा सर्वसाधारणको पहुँच विस्तार गर्ने जस्ता कार्य तत्काल गर्नु पर्ने देखिन्छ । अतः विशेष ढंगले प्रभावकारी वजार अनुगमन गरी कृत्रिम मुल्य नियन्त्रण तथा दैनिक उपभोग्य वस्तुको गुणस्तर मापन गर्ने, उपभोक्तको हितलाई ध्यानमा राखी आपूर्ति सहज र सुलभ बनाई उपभोगतालाई आस्वस्थ पार्न यो बैठक नेपाल सरकारसंग माग गर्दछ ।
७ संविधान जारी भएको आठ वर्ष वितिसक्दा पनि नयाँ संविधान अनुरुप धेरै प्रचलित कानूनहरुको संशोधन र परिमार्जन हुन सकेका छैनन् । संविधान कार्यान्वयनसंग जोडिएका आवश्यक धेरै कानुनहरु अझै बन्न नसक्दा यसले तीनै तहका सरकार संचालनमा असहज भएको छ भने नागरिकका मौलिक हक अधिकारहरु कार्यान्वयन समेत विलम्व भईरहेकाछन् । अतः संविधान कार्यान्वयनसंग जोडिएका र संविधान सम्मत संशोधित कानुनहरु अविलम्व बनाउन यो बैठक सरकारसंग माग गर्दछ ।
८। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८० साउन २ देखि १० गते सम्म बसेको बैठकले गरेका केही जनसरोकारका विषयहरुमा सरकारको गंभिर ध्यानाकर्षण गराएको थियो । वाढी पहिरोबाट प्रभावित घर परिवार, अनावृष्टिका कारण खेतिपाती लगाउन नपाएका र लम्पीस्कीन रोगका कारण चौपाया पशुहरु मरेर ठूलो नोक्सानी व्यहोरेका निम्न वर्गका किसानहरुले अझै पनि राहत क्षतिपूर्ति पाउन नसकेको व्यापक जनगुनासो रहिआएकोले तत्काल त्यस्ता गुनासोहरु सम्वोधन गर्न यो बैठक सरकारको गंभिर ध्यानाकर्षण गर्दछ । साथै जनताको दैनिक जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने सार्वजनिक विषयहरुलाई संसदमा निरन्तर प्रस्तुत गर्न र त्यस्ता विषयहरुलाई निर्णयमा पु¥याउन नेपाली कांग्रेस संसदीय दललाई यो बैठक निर्देशित गर्दछ ।
९केन्द्रीय कार्यसमितिमा प्रस्तुत गरिएको नेपाल थारु संघको विधान परिमार्जन सहित पारित गरियो ।
१० नेपाली कांग्रेसका संस्थापक नेता, पूर्व सभापति, पूर्व प्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराईको शताब्दी जन्मजयन्तीको उपलक्ष्यमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले विशेष कार्यक्रम गर्ने निर्णय गर्दछ ।
११ नेपाल एक वहुजातीय, वहुधार्मिक, वहुभाषिक एवं वहुसाँस्कृतिक मुलूक हो । यहाँका सबै जाति, क्षेत्र, भाषा, धर्म, संस्कृति र सम्प्रदायका बीच परापूर्व कालदेखिनै आपसी सम्मान, सद्भाव र सह–अस्तीत्वमानै हाम्रो सामाजिक सद्भाव र राष्ट्रिय एकता र समुुन्नती संभव भएको छ । एक जाति समुदायको धर्म, संस्कृति र चाडपर्वमा अर्को जाति समुदायले खुशीसाथ सहभागि हुने, मनोरञ्जन गर्ने हाम्रो परम्परा रहिआएको सर्वविदितै छ । यस्ता मौलिक परम्परा र संस्कृति नै नेपाली समाजको सौन्दर्य हो । यसलाई कुनै पनि वहानामा कसैले पनि विथोल्नु, विथोल्न खोज्नु वा विथोल्ने किसिमका गतिवधि गर्नु राष्ट्र, समाज र स्वयं व्यक्तिको पनि हितमा हुन सक्दैन भन्ने हाम्रो अविछिन्न विचार एवं ठहर हो । अब नेपालीहरुका चाडपर्वहरु धमाधम आउँदैछन् । आसन्न महत्वपूूर्ण चाडपर्वहरुले हामी नेपालीवीच आपसी सद्भाव र एकता कायम राख्दै मूलूकका सामू देखिएका विभिन्न खाले धार्मिक सांस्कृतिक भ्रमहरु चिर्दै नेपालीहरु बीच सुख शान्ति, उत्साह र उमङ्गको वहार ल्याउने अभिलाषा सहित नेपाली कांग्रेस समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।
शोक प्रस्ताव ः
यो अवधिका बीचमा नेपालको लोकतान्त्रिक आन्दोलन र नेपाली कांग्रेसको संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नु भएका पार्टीका विभिन्न पदीय जिम्मेवारीमा रहनु भएका महानुभावहरुको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दै उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । दिवंगत आत्माको चिर शान्तिको कामना साथ एक मिनेट मौन धारण गर्दै शोक सन्तप्त सम्पूर्ण परिवारजनप्रति यो बैठक गहिरो समवेदना प्रकट गर्दछ ।