
काठमाडौं । नेपाली कांग्रेसले शिक्षा विधेयकका विषयमा सरोकारवाला निकायहरुसँग छलफल गर्न भएको छ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भोलि बिहान १० बजे शिक्षक महासंघसहितका प्रतिनिधिहरुसँग छलफल गर्न लाग्नु भएको कांग्रेस संसदीय दलले जनाएको छ । मुख्य सचेतक लेखकले यसका लागि सम्बन्धित संस्थाको अध्यक्ष तथा प्रतिनिधिहरुको नामसहित समय समेत निर्धारण गर्नुभएको छ ।

लेखकले शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरलाई १५ मिनेटमा आफ्नो सुझाव दिनका लागि समय निर्धारण गर्नुभएको छ । यस्तै अन्य संस्थाका प्रतिनिधिहरुलाई १० देखि ५ मिनेट समय निर्धारण गरिएको छ । कांग्रेसल संस्थागत विद्यालयका प्रतिनिधिहरु, प्याब्सनm एन प्याब्सन, हिसानसँग पनि छलफल गर्ने जनाएको छ । शिक्षक महासंघले आफ्ना विभिन्न १७ बुँदे माग राखेर आन्दोलन गरेको थियो ।
महासंघले उठाएको मागका विषयमा सरकार र महासंघबीच ६ बुँदे सहमति भएको थियो । सो सहमति कार्यान्वयन गर्न विषयमा कांग्रेसले थप छलफल गर्न लागेको हो ।
यसैबीच उपप्रधान तथा रक्षामन्त्री पुर्णबहादुर खड्काले आजको केनद्रीय समितिको बैठकमा शिक्षकहरुसँग भएको सहमतिका विषयमा केन्द्रीय समितिलाई जानकारी गराउनु भएको छ