
धादिङ । विगत ६ वर्षअघि आफ्नी प्रेमिकाको हत्या गरि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङले जारी गरेको प्रेस नोट अनुसार २०७४ साल असोज १२ गते धादिङ जिल्लाको धुनिबेशी नगरपालिका वडा नं ९ टायलघर स्थित पृथ्वी राजमार्गस्थित अधेरीखोलामा एक बेबारिसे महिलाको शव गली दुर्गन्धित अवस्थामा फेला परेकोमा प्रारम्भिक अनुसन्धान प्रकृया पुरा गरेको र मृतक महिला मोरङ जिल्ला विराटनगर घर भएक ३२ वर्षीया ललिता कुमारी राम भएको खुलेको थियो ।
उक्त घटनाको सम्बन्धमा मृतकले तत्कालिन अवस्थामा प्रयोग गरेको मोवाईल नम्बर तथा अन्य विभिन्न कोणबाट प्राविधिक अनुसन्धान गर्ने क्रममा मृतक महिलाको जिल्ला सप्तरी साविक कचन गाविस का अरुण कुमार मिझारसँग प्रेम सम्बन्ध रहेको र निज अरुण कुमार मिझार र मृतकको सम्बन्धबाट मृतक महिला गर्भवती रहेको भन्ने खुल्न आएको थियो । प्रहरीको दिएको विवरण अनुसार विभीन्न कोणबाट अनुसन्धान गर्दै जाने सिलसिलामा उनका प्रेमी भनिएका अरुण कुमार मिझारले नै मृतकलाई कर्तव्य गरी मारी निज दुवईतर्फ भागि फरार रहेको अनुसन्धानमा खुलेका थियो । घटनापछि मृतक परिवारको मिति ०७४ । मंसिर २१ गते किटानी जाहेरी दरखास्त लिई अनुसन्धान प्रकृया जारी सुरु भएको थियो ।
प्रेमी भनिएका अरुण कुमार मिझार कानूनी कारवाहीबाट बच्नको लागि देश वाहिर मलेसिया, दुवई, भारत जस्ता विभिन्न मुलुकहरुमा लुकीछिपी वसेकोमा पक्राउ गर्नको लागि निरन्तर सक्रियता देखाउँदै आएको प्रहरी कार्यालयहरुसँग समन्वय गरी हाल बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा मकवानपुरको सहयोगमा असोज ५ गते सप्तरी जिल्ला वोदेबर्साईन नगरपालिका वडा नं। ८ काचन स्थितमा लुकीछिपी वसेको अवस्थामा पक्राउ गरिएको थियो । पक्राउ परेलगत्तै धादिङ प्रहरीलाई बुझाइएको थियो । प्रहरीले जिल्ला अदालतबाट पहिलो पटक दिन सात दिनको म्यादथप अनुमति लिई थप अनुसन्धान कार्य गरिरहेको जनाएको छ ।