काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था नेपाल मुस्लिम संघको अध्यक्षमा अतापहुल मन्सुरी निर्वाचित हुनुभएको छ ।
आज बिहान सार्वजनिक भएको नतिजा अनुसार मन्सुरीकाे अध्यक्षतामा ८७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । तेस्रो अधिवेशनले एक अध्यक्ष ९ उपाध्यक्ष ३ महासचिव ११ सचिव,काेषाध्यक्षसहित ८७ सदस्यीय कार्यसमिति चयन भएको नेपाल मुस्लिम संघले जनाएको छ ।
यसअघि आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नु भएको थियाे । महाधिवेशनमा ३३ जिल्लाबाट ४ सय प्रतिनिधि सहभागी भएको बताइएको छ ।