नुवाकोट कांग्रेसले राजधानीमा चियापान कार्यक्रम गर्ने

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ कार्तिक १८, बुधबार १६:३५

काठमाडौं । नेपाली कांग्रेस नुवाकोटको नियमित महाधिवेशन पक्षले राजधानीमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ।


दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसर पारेर नेपाली कांग्रेस नुवाकोटले आगामी कात्तिक २१ गते शनिबार बिहान ७ः३० बजे काठमाडौंको नागार्जुन पार्टी प्यालेसमा कार्यक्रम आयोजना गर्न लागेको हो।


नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षले पार्टीको १५औँ महाधिवेशनलाई लक्षित गर्दै संगठनात्मक गतिविधिलाई तीव्रता दिइरहेका बेला शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्न लागेको हो।


नियमित महाधिवेशन पक्षले नुवाकोटका विभिन्न पालिकामा अधिवेशन सम्पन्न गरिसकेको छ। पालिका अधिवेशनपछि अहिले क्षेत्रीय तथा जिल्ला अधिवेशनको तयारी भइरहेको छ।


नुवाकोट निर्वाचन क्षेत्र नं. २ मा क्षेत्रीय तथा प्रदेशसभा क्षेत्रीय अधिवेशनसमेत सम्पन्न भइसकेको छ। निर्वाचन क्षेत्र नं. १ मा भने केही पालिकाको अधिवेशन बाँकी रहनुका साथै प्रदेशसभा क्षेत्रीय र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुन बाँकी रहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *