काठमाडौं, १८ कात्तिक । विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका रसुवाको नौकुण्ड गाउँपालिकाका रेशमकुमार डंगोल नेपाली जनसम्पर्क समिति जापानको संयोजकमा मनोनीत भएका छन्। नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनको तयारीमा रहेको पक्षले उनलाई जापानस्थित नेपाली जनसम्पर्क समितिको संयोजकको जिम्मेवारी दिएको हो।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारी समितिका संयोजक प्रा. डा. शशांक कोइरालाले २०८३ कात्तिक १२ गते जारी गरेको मनोनयनपत्रअनुसार डंगोललाई उक्त जिम्मेवारी दिइएको हो। आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा आयोजना गर्ने तयारी गरिएको महाधिवेशनलाई लक्षित गर्दै विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूको अधिवेशन कात्तिक ३० गतेभित्र सम्पन्न गर्नुपर्ने भएकाले उनलाई संयोजकको जिम्मेवारी दिइएको पत्रमा उल्लेख छ।
डंगोलको राजनीतिक यात्रा भने विद्यार्थी राजनीतिबाट सुरु भएर जनआन्दोलनका चोट, आक्रमण र अपहरणका कठिन अनुभव पार गर्दै प्रवासमा संगठन निर्माणसम्म आइपुगेको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्